मलेसिया शुन्य लागतमा नेपाली लैजान तयार 

काठमाडौं, भदौ २१-  मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले नेपाल सरकारको शून्य लागतमा कामदार पठाउने निर्णयमा मलेसिया सरकार सकारात्मक रहेको बताएका छन् । नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाले क्वालालम्पुरमा गरेको ‘शून्य लागत र मलेसियाका नेपाली व्यवसायीको धारणा’विषयक अन्तरक्रियामा राजदूत बस्न्यातले मलेसिया सरकार तयार भएकाले शून्य लागतमा कामदार पठाउने काममा लाग्न नेपाली व्यवसायीलाई आग्रह गरे । “मलेसिया सरकार फ्रि भिसा फ्रि टिकटमा कामदार ल्याउन तयार छ । यसमा तपाईं नेपाली व्यवसायीहरू सरकारको निर्णयको बिरोध गर्न होइन, कार्यान्वयन गर्न तर्फ लाग्नुस्”, उनले भने ।

बस्न्यातले मलेसिया सरकारले केही निःशर्त स्वीकार गर्नै नसकिने प्रस्ताव गरेकाले नेपाल र मलेसियाबीच श्रम सम्झौता हुन नसकेको उल्लेख गर्दै अबको तीन महीनाभित्र मलेसिया सरकारले नेपाली कामदारका पक्षमा सकारात्मक कदम चाल्ने आश्वासन दिएको जानकारी दिए । 

फ्रि भिषा टिकटमा कामदार ल्याउन रोजगारदाता कम्पनी समेत तयार भएको बताउँदै उनले नेपाली व्यवसायीले बिरोध गर्न नहुने बताए । फ्रि भिसा फ्रि टिकटको मापदण्ड ल्याएपछि मलेसियाका कम्पनीले करिब ४ हजार कामदार ल्याउने अनुमति लिएको उनले बताए । शून्य लागत कार्यान्वयन भए नेपाली मजदुर चर्को आर्थिक भारमा नपर्ने उनको राजदूत बस्न्यातको भनाइ छ । 

राजेन्द्र भण्डारी, चोलाकान्त पंगेनी लगायतका नेपाली व्यवसायीले शुन्य लागतको निर्णय सकारात्मक कदम भएपनि श्रम सम्झौता नगरी गरिएको निर्णय कार्यान्वयनमा शंका व्यक्त गरे ।

हिमालखवर पत्रिकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय