अन्तर्वार्तामा असफल भएमा के गर्ने ? 

कुनै पनि जागिरका लागि व्यक्तिगत विवरण तथा फोन अन्तरवार्तामा छनोटपश्चात् निर्णायक अन्तरवार्ताको पालो आउँछ । सबै यो चरणमा सफल हुन्छन् भन्ने छैन । तथापि, आफूले समयदेखि मन पराएको कम्पनी वा जागिर गुमाउनुपर्दा निकै नरमाइलो हुन्छ । यस्तो बेला निराश हुनुभन्दा यसबाट सिकेर भविष्यमा अगाडि बढ्ने अठोट गर्नुपर्छ । कुनै अन्तरवार्तामा असफल भएमा मन परेको जागिरका लागि आफ्नो ‘युद्ध’ बल्ल शुरू भएको मानेर आवश्यक कदम चाल्नु बुद्धिमानी हुन्छ । यसका लागि विभिन्न कम्पनीसँग सम्पर्क कायम गर्नु वा बढाउनुका साथै आफ्नो अन्तरवार्ता दिने कलाको पनि विकास गर्नु आवश्यक छ । अन्तरवार्तामा असफल हुँदा आफूले मन पराएको जागिरका लागि पूर्णरूपमा आफ्नो प्रयास जारी राख्दा ध्यान दिनुपर्ने विषयबारे यहाँ चर्चा गरिएको छ:

जागिर प्रदायकलाई धन्यवाद पत्र लेख्नुहोस्

तपाईंलाई अन्तरवार्ताको अवसर प्रदान गर्ने कम्पनी, जागिर प्रदायक वा मानव संसाधन व्यवस्थापक धन्यवादका पात्र हुन् । तिनको समय र तपाईंमाथि देखाएको चासोका लागि तिनलाई धन्यवाद दिन नभुल्नुहोस् । सकारात्मक पक्ष समेटेर तिनका लागि पत्र कोर्नुहोस् । कम्पनी र त्यहाँका कर्मचारीप्रति सदाशयता तथा रुचि अभिव्यक्त गरी भविष्यमा सँगै काम गर्ने सम्भावना कायम रहेको व्यक्त गर्नुहोस् ।

सम्पर्कमै रहनुहोस्

अन्तरवार्ताका क्रममा भेटघाट भएका कर्मचारीसँग राम्रो सम्बन्ध र सम्पर्क बनाइराख्नुहोस् । लिङ्क्ड इनलगायत साइटमा तिनलाई एड गर्नुहोस्, ट्विटरमा फलो । तिनको कम्पनीका बारेमा केही रोचक कुरा फेला परेमा त्यसलाई शेयर गर्नुहोस् । समयसमयमा मानव संसाधन व्यवस्थापकसँग सम्पर्क गरिरहनुहोस् । बुझ्नुहोस्, कम्पनीमा तपाईंलाई सुहाउँदो कुनै पद रिक्त छ कि रु

अन्तरवार्ता कलाको विकास गर्नुहोस्

अन्तरवार्तामा तपाईं असफल ठहरिनुको कारण सोध्न नहिच्किचाउनुहोस् । तपाईंमा के कमी छ वा तपाईंमा केकस्तो गुण वा क्षमताको विकास गर्नु आवश्यक छ, जान्नुहोस् । अन्तरवार्तामा असफलतापछि यी कुरा जाने तपाईंलाई भविष्यमा सफलता प्राप्त गर्न ठूलो सहयोग मिल्छ । अब आफूमा रहेका कमीकमजोरी सुधार्नेतर्फ लाग्नुहोस् । यसो गर्दा भविष्यमा अन्तरवार्ता लिनेका सामु तपाईं उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत हुन सक्नुहुनेछ ।

अनुसन्धान

त्यस्तै, कम्पनी वा अवसरको खोजी गर्न झर्को नमान्नुहोस् । तपाईंले चाहेकोजस्तो कम्पनी वा त्यस्तै पद अन्यत्र पनि छन् कि, बुझ्नु राम्रो हुन्छ । अन्यत्र त्यस्तो कुनै अवसर छैनन् भने उक्त कम्पनीका बारेमा थप अनुसन्धान गर्नु तपाईंका लागि आवश्यक हुन्छ । कम्पनीमा गई तपाईं कस्तो पद वा काममा इच्छुक हुनुहुन्छ, तपाईंको दक्षता केमा छ भन्नेजस्ता जानकारी उपलब्ध गराउने प्रयास गर्नुहोस् । यसो गर्दा भविष्यमा कम्पनीलाई मानव संसाधनको आवश्यकता पर्दा तपाईं उक्त क्रममा पहिलो रोजाइमा पर्न सक्नुहुनेछ ।

व्यक्तिगत विवरण तथा कभर लेटर रिभ्यू गर्नुहोस्

आफ्नो व्यक्तिगत विवरण तथा कभर लेटर समयसापेक्ष बनाउन सधैं प्रयास गर्नु आवश्यक छ । तिनको पुनरवलोकन गरी आवश्यक परिमार्जन गर्नुहोस् । यसो गर्दा कम्पनी तथा जागिर प्रदायकलाई समेत आकर्षित गर्न सघाव मिल्नेछ ।

आर्थिक अभियानबाट साभार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय