मोटरसाइकलमा झण्डै ३० किलो चाँदी 

नेपालगञ्ज, भदौ २१- नेपालमा सुन र चाँदीको मूल्य घट्दै गएको बेला पछिल्लो समयमा आएर नेपालगन्ज नाकाबाट भारततर्फ सुन र चाँदीको तस्करी बढेको छ । नेपालगन्जबाट भारततर्फ चोरी निकासी गरेर लैजान लागेको ठूलो परिमाणको चाँदी बाके प्रहरीले पक्राउ गरेपछि सो कुरा पुष्टि भएको हो ।

मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर अवैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले शनिबार राती १२ बजे जमुनाहा क्षेत्रबाट करिब ३० किलो चाँदी बरामद गरेको छ ।

बरामद चाँदीको तौल २९ किलो ८ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमकिरण बोगटीले बताए । उनले हालका दिनमा चाँदी धेरै मात्रामा भारततर्फ गइरहेको भन्ने सूचनाका आधारमा सतर्कता देखाउँदा सो पक्राउ गर्न सफल भएको बताए ।

ठूलो परिमाणको चाँदी अवैध रुपमा लैजादै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिप्रकाबाट पुगेको प्रहरीले राती १२ बजे उक्त चाँदी बरामद गरेपछि तस्करहरुमा खैलाबैला मच्चिएको छ । मध्यरातमा जाँच गर्ने क्रममा यूपी ४० के ११५७ नम्बरको भारतीय कालो रङको पल्सर मोटरसाईकलको ट्याङ्कीभित्र चाँदी फेला परेको डीएसपी बोगटीले बताए ।

संलग्न व्यक्ति भने मोटरसाईकल छाडेर भागेको उनले बताएका छन् । उक्त चाँदीको मूल्य नेपाली बजारमा १६ लाख ४७ हजार ८९० रुपैयाँ रहेको प्रहरीको भनाई छ ।

तस्करले काँचो चाँदीको साना टुक्रा बनाएर ट्याङ्कीमा लुकाएर भारत लैजादै थिए । चाँदी कसले र कहाँबाट ल्याएको हो भन्ने खुल्न नसकेको प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।

बरामद चाँदी र मोटरसाइकल नेपालगन्ज भन्सारमा बुझाइने प्रहरीले जनाएको छ । चाँदी तस्करीबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । बन्द, हड्तालको मौका छोपेर पछिल्लो समयमा बिभिन्न सामाग्रीहरुको तस्करी बढेको बेला सुन चाँदीको पनि तस्करी बढेको पाइएको छ ।

भारत भन्दा नेपालमा सस्तो दरमा सुन र चाँदी पाइने भएकाले गत केही समय यता दैनिक रुपमा मूल बाटो तथा अन्य साइड बाटोहरुबाट पनि सुन चाँदी भारततर्फ तस्करी भइरहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय