भारतीय मजदुरले धानेको नेपालको उद्योग 

नेपालगञ्ज, भदौ २१- बाँके जिल्लामा संचालनमा रहेका अधिकांश इँटा उद्योगहरु भारतीय मजदुरको भरमा चलेका छन् । इँटा उद्योगमा काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष प्रकाश शाहले भारतीय मजदुर इँटा बनाउने काममा दक्ष भएकाले उनीहरुलाई बढी प्रयोग गर्ने गरिएको बताएका छन् । उनले एउटा इँटा भट्टामा २ सय देखि ३ सय सम्म मजदुरहरु कार्यरत रहेको जनाउँदै त्यसमध्ये अधिकांश भारतीय नागरिक नै रहेको बताए ।

भट्टामा कार्यरत मजदुर मध्ये दुइ तिहाई भन्दा बढी भारतीय हुने गरेका छन् । इँटा भट्टामा काम गर्नका लागि भारतीयहरु झिटीझम्टा बोकेर नेपाल आउने गरेका छन् । भट्टाको अधिकाँश काम दशैं तिहारपछि सुरु भएर बर्खा अगावै सकिन्छ ।

बाँकेमा करिब ४० वटा चिम्नीका ठूला इँटा उद्योग सञ्चालनमा रहेका छन् । यसबाहेक दर्जनौ भुसी इँटा उत्पादन गर्ने भट्टा पनि सञ्चालनमा छन् । जिल्लाका अधिकांश इँटा उद्योगमा भारतीय मजदुरको बाहुल्यता रहेपनि हालका केही वर्षहरुमा आएर भारतीय मजदुरहरुको एकछत्र राज भने छैन । तर, केही समयअघि उनीहरुकै एक छत्र राज रहने गरेको थियो ।

अहिले बिस्तारै नेपाली पनि यस क्षेत्रमा आउन थालेको व्यवसायीले बताएका छन् । कतिपय भट्टा सञ्चालकले नै नेपालीलाई भारतीय दक्ष कामदारबाट इँटा बनाउन सिकाएको इँटा व्यवसायी संघले जनाएको छ ।

व्यवसायीहरुका अनुसार यसवर्ष पटक पटक आएको वर्षातका कारण इँटा उद्योगमा ठूलो क्षति भएको छ । इँटा बनाउने समय पुसदेखि वैशाखसम्म उत्तम मानिने भएका कारण यसबीचमा धेरै काचो इँटा बनाउने गरिन्छ ।

घाममा सुकाइएका काचो इँटा वर्षाका कारण नष्ट भएकाले पटक पटक नयाँ इँटा बनाउनुपरेको व्यवसायीले जनाएका छन् । वर्षाले इटा नष्ट गरेपनि नयाँ इँटा बनाउनका लागि माटो भने प्रयोगमा आउने व्यवसायीले जनाएका छन् । व्यवसायीका अनुसार काँचो इटा अधिकाँश घाममा सुकाउनका लागि मैदानमा राखिने र छोप्ने व्यवस्था नहुँदा बर्षाले ठूलो क्षति गर्ने गरेको छ ।

नेपालीहरु रोजगारीका लागि दैनिक सयौंको संख्यामा भारततर्फ जाने गरेपनि बिभिन्न उद्योगमा काम गर्न धेरै भारतीय भने रोजगारीका लागि वर्षेनी नेपालमा आउने गरेका छन् ।

कारोवारबाट 

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय