“म मध्यपूर्वको एनआरएनएको संयोजक भएँ भनें ..”

काठमाडौं, भदौ २० एनआरएनएको विश्व सम्मेलन नजिकिंदै जाँदा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । सोही क्रममा एनआरएनएको मध्यपूर्व संयोजकमा ओमानबाट डीवी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । 

क्षेत्रीले बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउने कोशिश रहने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका छन् । साथै मध्यपूर्व र समग्र बैदेशिक रोजगारबाट देशलाई दिन सकिने योगदान देशले बैदेशिक रोजगारमा  रहेका नेपालीहरु प्रति निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाहका लागि पनि आफूले उम्मेदवारी दिएको क्षेत्रीको भनाई छ । 

७ वटा बुँदामा आफ्ना प्रतिवद्धता जनाउँदै क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । 

हेर्नुहोस् क्षेत्रीको प्रतिवद्धता 

 

गैर आवासीय नेपाली संघ 

“नेपालीका लागि नेपाली“ र “नेपालका लागि नेपाली“

डि.बि क्षेत्री, ओमान 

मध्यपूर्व संयोजक उम्मेदवार

मध्यपूर्व संयोजकमा मेरो उम्मेदवारी किन ?

नेपालको बैदेशिक रोजगारीको ठुलो हिस्सा ओगटेको मध्यपूर्वमा समस्या पनि धेरै नै छन् । क्रमिक रुपमा गैर आवासीय नेपाली संघ बिकशित हुँदै जाँदा समस्याहरुलाई औल्याएर निराकण गर्दै आएको पनि छ । बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउने कोशिश मेरो उमेदवारीको प्रमुख ध्येय हो । यसका साथै मध्यपूर्व र समग्र बैदेशिक रोजगारबाट देशलाई दिन सकिने योगदान र देशले बैदेशिक रोजगारमा  रहेका नेपालीहरु प्रति निर्वाह गर्नुपर्ने कर्तव्य प्रति पनि काम गर्ने मेरो अर्को उदेश्य रहेको छ । उल्लेखित बिषयहरु संग सम्वन्धित रहेर काम गर्ने बाचाका साथ निम्नलिखित बुँदाहरुलाई प्रमुख एजेन्डा बनाएर मेरो उम्मेदवारी घोषणा गरेको छु 

 

१.बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (हजारे अभियान) लाई राष्ट्रिय नितिमा लागु गर्न सशक्त पहल गर्नेछु, यस कोषको सारांश यस प्रकार रहेको छ । 

  क) यस कोषमा हुने बचतद्धारा बैदेशिक रोजगारमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा हुनेछ किनभने यस कोषमा समय अबधि अनुसार बैदेशिक रोजगारमा रहनेहरुको निश्चित रकम संकलन भएको हुन्छ ।

  ख) यस अभियानबाट संकलन हुने रकमले देश बिकाशका लागि राष्ट्रिय योजनाहरु संचालन गर्न सकिने छ ।

  ग) बैदेशिक रोजगारीमा अंगभंग भएकाहरुलाई जीवनभर राहत स्वरुप निबृतिभरण तथा मृत्यु भएका नेपालीका परिवारलाई एकमुष्ठ रकम राहत स्वरुप दिने वा परिवारको कुनै एक व्यक्तिलाई क्षमता अनुसारको रोजगार यस कोष बाट संञ्चालन हुने परियोजनाहरुमा उपलव्ध गराउन सकिनेछ ।

  घ) देश बिकाशका लागि बैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई संलग्न गराउने तथा बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैकिङ्ग क्षेत्रमा समेट्न यसले मद्धत गर्नेछ । 

२. समग्र बैदेशिक रोजगारीलाई व्यवस्थित पार्न एन.आर.एन.ए को प्लेटफार्मलाई प्रयोग गर्नेछु ।

३. ओमानकै प्रस्तावमा स्थापित मध्यपूर्व कल्याणकारी कोषलाई कार्यान्वयनमा ल्याउन पहल गर्नेछु । 

४. मध्यपूर्व तथा मलेसियमा रहेका नेपालीहरुलाई दलाल तथा नेपाल बिमानस्थलका कर्मचारीहरुको सेटिङ्ग प्रथाद्धारा उत्पन्न भईरहेका समस्याहरुलाई निराकण गर्न सेटिङ्ग प्रथालाई निर्मुल पार्न पहल गर्नेछु ।

५.पर्यटन व्यवसायलाई मध्यपूर्व मैत्री बनाई मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भिœयाउन पहल गर्नेछु ।

६. नेपाली नियोग स्थापना नभएको मध्यपूर्वका राष्ष्ट्रहरुमा नियोग स्थापनाको लागि पहल गर्नेछु । 

७. श्रम स्विकृत नविकरण तथा जीवन बीमा बिदेश स्थित नेपाली नियोगबाट गर्न गराउन पहल गर्नेछु ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय