पैसा कमाउन गएकी छोरी साउदीमै फसेपछि …….

रञ्जना लम्साल, नवलपरासी, भदौ २०- “मेरो छोरी फकाई फुल्याइ गरेर साउदी लगिन् । न फोन आउछ न केहि खवर, अव के गर्ने” भन्दै बिलौना गरिरहेकी छन् नवलपरासीकी पार्वती नेपाली । 

छ बर्ष अगाडी साउदी हिंडेकी देवचुली नगरपालिका ७ नवलपरासीकी सन्तमाया नेपाली अहिललेसम्म घर फर्र्किन सकेकी छैनन् । घरमा फोन गर्दा मलाई घर फर्किन दिदैन के गरुँ आमा भन्दै रुन्छे, आँखा भरि आँशु पार्दै सन्तमायाकी आमा पार्वती भन्छिन्—कहाँ गएर के हुन्छ मलाई थाहा छैन मेरो छोरी फर्काईदिनु पर्यो ।

८ सन्तानकी आमा पार्वतीलाई त्यहि बिदेश गएकी कान्छी छोरी सन्तमायाको पिरले रातमा निद्रा पर्दैन । एउटा छोरालाई दैवले चुँडेर लग्यो, पैसा कमाउने र परिवारलाई सुखी बनाउने भन्दै बैदेशिक रोजगारीमा गएकी छोरी घर फर्किएर आउँदिन, त्यो भन्दा ठूलो चोट एउटी आमाको लागि के हुन सक्ला ।

कमजोर आर्थिक अवस्था अनि जम्मा ३ कक्षा पढेकी सन्तमायालाई बिदेश लैजाने चाँजोपाँजो प्रगतिनगर नवलपरासीकी लिला पाण्डेले गरेकी थिईन । भारतको बाटो भएर र भारतीय एजेन्ट जाजिरको सहयोगमा उनलाई साउदी पुर्याइएकी एजेन्ट लिला पाण्डेले स्वीकार पनि गरेकी छन् । लिलाले आफूले नेपाली महिलालाई बिदेश पठाउँदा प्रतिव्यक्ति ३-४ हजार कमिशन पाउने गरेको बताइन् । 

सुचना तथा परामर्श केन्द्र कावासोतीमा सन्तमायाको उद्धार गर्न अपिल गर्दै आमा बुबा गएपछि प्रवासी नेपाली समन्वय समिति काठमाडौको पहलमा सन्तमायासँग कुराकानी पनि गरिएको केन्द्रले जनाएको छ । 

फोनमा कुराकानी हुँदा सन्तमायाले आफु घर फर्किन चाहेपनि घर मालिकले फर्किन नदिएको जनाएकी छन् । 

६ बर्षको बिदेश बसाईको क्रममा जम्मा ३० हजार पैसा मात्र पठाएको भएपनि छोरीसंग सम्पर्क हुँदा चित्त बुझाएका आमा बाबुले छोरीलाई पटक पटक फोन गर्दा समेत अहिले सम्पर्क हुन नसकेपछि छोरीको उद्धारको लागि अनुरोध गरेका हन् ।

सन्तमायाको केश अगाडी बढाएको सुचना तथा परामर्श केन्द्रले दुतावासमा सहयोगको लागि अनुरोध गरेको र केशको बारेमा श्रम सहचारी कुष्णप्रसाद दवाडी र द्धितिय सचिव बिजय कुमार राउतसंग कुराकानी  भएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय