
भुपराज बस्याल, युएई, भदौ २०- भुकम्प प्रभावित विद्यालय तथा अपांगहरूको सहयोगार्थ सेप्टेम्बर १२ का दिन जापानको तोसिमा कुमिन सेन्टर हलमा स्याङ्जा समाज जापानको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
स्थापनाकाल देखि नै विभिन्न सामाजिक कामहरु गर्दै आएको स्याङ्जा समाज, जापानले गत बैशाखमा गएको भुकम्पका पिडितहरुको लागि स्याङ्जा जिल्लामा विभिन्न किसिमका सहयोगहरु गरेको छ भने पछिल्लो पटक कार्यक्रम नै गरि कार्यक्रमको मुनाफा भुकम्प प्रभावित विद्यालय तथा अपांगका क्षेत्रमा सहयोग गर्न लागेको हो ।
स्याङ्जा जिल्लामा परेका हरेक समस्याहरुलाई हामि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछौ सस्थाका अध्यक्ष जीवन न्यौपानेको भनाई छ।
कार्यक्रमलाई सफल पार्न नेपालकै चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोतम न्यौपाने साथै गायीका तथा मोडल शान्ति सुनुवारको उपस्थिति संगै जापान मै कार्यरत केहि नेपाली कलाकारको पनि प्रस्तुति रहने छ ।
पछिल्लो समयमा विश्व भरि छरिएर हरेका स्याङ्जालिहरुले आफ्नो जिल्लामा यसरी नै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएका छन् ।