युएईमा अर्को नेपाली म्यूजिक भिडियो 

युएई, भदौ १७- नेपाली गितको म्युजिक भिडियो पछिल्लो समय बिदेशमा एकदमै महँगो स्थानमा छायांकन गर्न क्रम बढिरहेको छ । आधुनिक गित हसाउछौ तिम्रो मर्जी रुवाउछौ तिम्रो मर्जी” युएईको बिभिन्न रमणीय स्थलमा छायांकन सकेर प्रोमो सार्र्वजनिक भएको छ ।

गतहप्ता नै सार्वजनिक भएको प्रोमो डेढ दशकदेखि पत्रकारितामा सक्रिय संचारकर्मी त्रिलोचन कोइरालाको  निर्देशनमा तयार परेका हुन । म्युजिक भिडियो हलिउड चलचित्र छायाँकन हुने युएईको हाता क्षेत्रको रमणीय स्थानमा पहिलो पटक नेपाली म्युजिक भिडियो तयार गरीएको हो । भिडियो युएईलगाएत ओमानको केहि रमणीय स्थानमा पनि छायाँकन गरिएको निर्देशक कोइरालाले बताएका छन ।

प्रतिभाशाली गायिका बबिना भटराईको स्वरबाट सजिएको “हसाउँछौ तिम्रो मर्जी रुवाउँछौ तिम्रो मर्जी ” गीतलाई  संगीत दिपक शर्माले र शब्द अविनाश थापाले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा मोडल राजेश बोहरा र सारिका सुनारलाई संचारकर्मी कोइरालाले जीवन्त अभिनय गराएका छन । डेढ दर्जन नाटक लेखन निर्देशन गरिसकेका कोइरालाले नयाँ अनुभवको लागि म्युजिक भिडियोमा काम गरेको बताएका छन् । 

प्रेममा समर्पण र निरन्तरता भएमा कठोर मनलाई पनि पगाल्न सकिन्छ भन्ने सन्देश रहेको गीतलाई  सरल शैलीमा कलात्मक रुपमा जीवन्त अभिनयबाट म्युजिक भिडियोमा उतारेको बताउने निर्देशक कोइरालाले नयाँ ठाउँमा नयाँ कलाकारसँग कामगर्दा पनि स्तरीय भिडियो बनेको दाबि गरेका छन । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय