एनआरएन कुवेतको अध्यक्ष निर्विरोध 

कुवेत, भदौ १७- गैर आवासिय नेपाली संघ कुवेतको चौथो कार्यकालमा अध्यक्षमा सर्वसम्मति हुने देखिएको छ । यसअघि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको भएपनि एकजनाले उम्मेदवारी फिर्ता लिएपछि तथा दोश्रो उम्मेदवारले अर्को उम्मेदवारलाई समर्थन गरेपछि अध्यक्षमा निर्विरोधको अवस्था देखिएको हो । 

यसअघि अध्यक्षमा अर्जुन तामाङ, धुर्बकुमार संग्रौला (कुमार झापाली) र ईश्वरा अर्याल (तारा पौडेल)ले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये तारा पौडेलले आफु सहमतिको बाधक नहुने भन्दै उम्मेदवारी फिर्ता लिएकी थिईन । 

अध्यक्षका अर्का प्रत्यासि कुमार झापालिलाई निर्वाचन समितिले कागजपत्र उपलब्ध नगराएको भन्दै अयोग्य ठहर गरेको थियो । तर त्यसको विरुद्धमा  झापाली केन्द्रमा पुगेका थिए । केन्द्रको निर्देशन बमोजिम छानबिन गर्दा कुमार झापालि एनसिसि कुवेतको सल्लाहकारमा बसेको  हुनाले उनले बैधानिकता पाएका थिए । 

बैधानिकता लिएपनि कुवेतमा चुनाव गराउने अवस्था नरहेको भन्दै त्यसलाई मध्यनजर गरेर आफूले अर्जुन तामाङलाई अध्यक्षमा समर्थन गरेको भन्दै झापाली चुनावी प्रतिस्पर्धाबाट बाहिरिए पछि अध्यक्षमा सर्वसम्मतिको वातावरण बनेको हो । 

 अध्यक्ष पदमा अर्जुन तामाङसँगै सुजन केसी आईसिसिमा निर्बिरोध भई सकेका छन । अन्य पदमा सहमति हुननसकेको अवस्थामा सहमति नभएका पदलाई थाँति राखेर पनि एनआरएन कुवेत चयन हुने छ ।  

उपाध्यक्षमा ६ जना महासिचव र सचिवमा दुई दुई जनाको उमेदवारी परेको छ । कोषाध्यक्ष र महिला सदस्य समेत निर्विरोध रहेको निर्वाचन समितिले बताएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय