कैलालीमा मारिएका न्यौपानेको घरमा १० औं दिन 

“रोजेर प्रहरी सेवा गर्यौ प्रवेश जोशले । कर्तव्यनिष्ठ भै काम गर्दथ्यौ तिमी होसले ।

शान्तिका लागि सम्झायौ आन्दोलनकारी शक्तिलाई । सम्झेन त्यसले तिम्रो पवित्र शुद्ध भावलाई ।। 

हतियार उठाएनौ शान्ति शान्ति भनिरह्यौ । मृत्युलाई उचाईमा पुर्याई प्राण अर्पियौ ।।

हामी मात्र नभै सारा देश नै शोकमा डुव्यो । उच्च सम्मान भो तिम्रो गर्वले छाति यो फूल्यो ।।” 

– न्यौपाने बन्धु कल्याण सेवा समिति, भद्रपुर, झापा 

काठमाडौं, भदौ १६ – कैलालीको टीकापुरमा आन्दोलनकारीद्धारा हत्या गरिएका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेको स्मृतिमा बुधवार उनकै निवासमा शोकसभा आयोजना गरिएको छ । उनको हत्या भएको १० दिनको दिन नजिकका दाजुभाई आफन्त तथा शुभचिन्तक श्रद्धाञ्जली अर्पण गर्न तथा परिवरालाई शोक समवेदना प्रकट गर्न सो शोकसभामा उपस्थीत थिए । 

परिवार प्रति समवेदना प्रकट गर्न उपस्थीत विभिन्न संघसंस्थाका व्यक्तिहरुले सो अवशरमा समवेदना प्रकट गरे । यसैगरी विभिन्न संघसंस्थाका तर्फबाट समवेदना पत्र समेत परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो । 

विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले परिवार प्रति समवेदना प्रकट गर्दै घटनाको छानविन गरी दोषिलाई कारवाही गर्न सरकारसँग आग्रह गरे । 

कैलालीको टीकापुरमा गत भदौ ७ गते आन्दोलनकारीलाई सम्झाउन पुगेका प्रहरी उपरिक्षक न्यौपाने सहित ७ जना प्रहरी तथा एक दुई बर्षे बालक मारिएका थिए ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय