भदौ १६ सम्झिनु भएको छ त्यो त्रासदिपूर्ण घटना ? 

काठमाडौं, भदौ १६- आजको दिन त्यहि दिन हो इराकमा रोजगारीको सिलसिलामा गएका १२ नेपालीलाई आतंककारी समूह अल–सुन्नाज अल अन्सारले अघिल्लो दिन विभत्स रुपमा हत्या गरेर सो भिडियोलाई इण्टरनेटमा राखेपछि नेपालीले उनीहरुको हत्या भएको खवर पाए भदौ १६ मा । 

घटना २०६१ सालको हो । यो खवर पाए लगत्तै काठमाडौं जल्न थाल्यो । काठमाडौमा भड्केको हिंसाले वैदेशिक रोजगारको क्षेत्र मात्र नभएर यससँग सरोकार राख्ने क्षेत्र नै तहसनहस भयो । अधिकांश मेनपावर कम्पनीहरु तोडफोड भए, आगजनीमा परे अनि खरानी भए । 

रोजगारीको खोजीमा मुनलाइट कन्सल्टेन्शीबाट इराक पुगेका १२ नेपाली भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए । जोडर्न हुँदै इराक लैजान भनी लगिएका यी नेपालीको भदौ १५ मा आतंककारीबाट विभत्स हत्या भएको थियो । हत्या भएको तस्विर र भिडियो अलजजिरा टेलिभिजनले सार्वजनिक गरेपछि भदौ १६ विहानैदेखि काठमाडौमा हिंसाको आगो दन्कन सुरु भयो । मेनपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यम भीडको तारो बनेका थिए । 

सरकारले भदौ १६ मा भएको क्षतिलाई अध्ययन गर्न तत्कालिन न्यायधिश टोपबहादुर सिंहको अध्यक्षमा बनेको छानविन आयोगले कुल डेढ अर्बभन्दा बढीको क्षति भएको औल्याएको छ । 

सो घटनामा परी इराकमा मृत्यु हुनेहरुमा झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका सञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द्रनगरका मनोज कुमार ठाकुर, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापा रहेका छन् ।  

आन्दोलनकारीको पहिलो निशाना बनेका मेनपावर कम्पनी क्षणभरमै खरानी हुदा समेत सरकार तथा सुरक्षा निकाय मुकदर्शक बनेको थियो ।  यहाँसम्मकी सो दिन मेनपावरका सञ्चालक तथा कर्मचारी ज्यान जोगाउन भागाभागको स्थितिमा पुगेका थिए । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्ययनमा तोडफोडबाट ७५ करोड रुपैयाँ बराबरको क्षति मेनपावर क्षेत्रमा भएको पाइएको छ । तोडफोडबाट २ सय ९७ म्यानपावर क्षति भएको संघको अध्ययनले देखाएको थियो ।  

 

यस्तै घटना दोहोरिन नदिन के गर्नु पर्ला ? तपाईका विचार लेख्नुहोस् 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय