मनमोहन मेमोरियल सामुदायिक अस्पतालको अध्यक्षमा निशु गजुरेल

काठमाडौं, भदौ १६- नेपाल स्वास्थकर्मी तथा कर्मचारी यूनियन, मनमोहन मेमोरियल सामुदायिक अस्पतालको तेस्रो अधिवेशन सम्पन्न भएको छ । 

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका उपमहासचिव जनक चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनले निशु गजुरेलको अध्यक्षतामा ११ सदस्य रहेको कमिटी गठन गरेको छ । यसैगरी सोही अधिवेशनले शर्मिला अधिकारी र राज कुमार खड्कालाई जिफन्ट प्रतिनिधिमा निवार्चित गरेको छ । 

अधिवेशनमा नेपाल स्वास्थकर्मी तथा कर्मचारी यूनियन केन्द्रीय अध्यक्ष चन्द्र थापा, जिफन्ट अञ्चल सदस्य रामकृष्ण न्यौपाने, मनमोहन मेमोरियल सामुदायिक अस्पताल ब्यवस्थापक समिती संयोजक तथा अस्पतालका निर्देशक डा. अरूण दिक्षितले अधिवेशन सफलताको शुभकामना मन्तब्य दिएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय