मलाक्कामा मेची महाकाली 

मलेसिया, भदौ १५- मेचीमहाकाली युवा क्षेत्रीय इकाई मलक्काको गठन भएको छ । गत सोमवार मलक्काको आइक्रो हाइटमा आयोजित कार्यक्रममा मेची महाकाली युवा समूह क्षेत्रीय इकाई कमिटी गठन गरिएको हो । सो अवशरमा मेचीमहाकाली युवा समुहका केन्द्रिय उपाध्यक्ष बलराम भट्ट, युवा क्षेत्रीय इकाई कमिटी केलाङका अध्यक्ष राजेन्द्र पुरी, क्षेत्रीय इकाई कमिटी मुहारका अध्यक्ष टोप बहादुर बिक, सचिव आइदिप प्रधान, सल्लाहकर टंक सिग्देल लगायत उपस्थीत थिए । 

मलेसियामा कार्यरत नेपाली युवालार्इ संगठित गर्दै आएको मेची महाकालीले मल्लकामा रहेका युवालाई पनि संगठित गराएको हो। मल्लका इकाई कमिटीको अध्यक्षमा पदम गहतराज(बि.क.) रहेका छन । उपाध्यक्ष लोकेन्द्र बि.क, सचिव कृष्ण प्रसाद लमिछाने (भिर), सहसचिव प्रताप मुस्कान (चाहर), कोषाध्यक्ष रमेश बस्नेत र सहकोषाध्यक्ष मुना राई चुनिएका छन  । 

सदस्यहरुमा घमण्ड थापा, मुना राई, बिष्णु माया तामाङ, थानेस्वर बिश्वकर्मा, तिलक कुमाइ, तपन शाह, टेकेन्द्र न्यौपाने, यमराज बिष्ट, चन्द्रकला राई रहेका छन । विशेष सल्लाहकारमा एक बहादुर केसी र सल्लाहकारमा ईश्वर देव मुखिया रहेका छन । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय