एनआरएनको चुनावी मैदानमा उत्रिए टीवि कार्की (घोषणा पत्र सहित)

कतार, भदौ १५- गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन गैर आवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा कार्कीले कतारमा एक सार्वजनिक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन्

उपाध्यक्ष कार्की विगत १० बर्ष देखि एनआरएनएमा आवद्ध भइ विभिन्न पदमा रहेर कार्यरत छन् सन् २००७ मा कतारबाट आईसीसी सदस्य, सन् २०११ मा सचिवको जिम्मेवारी सम्हालिसकेका कार्की हाल एनआरएनएको उपाध्यक्ष छन एनआरएनएले उनलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याणकारी समितिको सभापतिको जिम्मेवारी समेत दिएको

 

कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैविश्वभरी छरिएर रहेका ३७ लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैर आवासीय नेपाली संघको छैठौ सम्मेलनबाट आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निभाएको बताए उनले आफ्नो उम्मेदवारी घोषणमा श्रमिक हक हित अधिकारका लागि उल्लेख्य प्रयास भएको समेत बताए एनआरएनएले दुईबर्षे अवधिमा एक अर्ब भन्दा बढीको रकम परोपकारी कार्यमा लगाईएको साथै भवन निर्माण जस्ता महत्वपुर्ण कार्यहरु अगाडी बढीरहेको उनको भनाई थियो प्रक्रियामा रहेका कार्यहरु आफ्नो नेतृत्वमा आउने कार्यकालले सम्पन्न गर्ने विश्वास दिलाउन चाहेको उनको प्रतिबद्धता पत्रमा उल्लेख  

कार्कीले एनआरएनए अभियानलाई अझ बढी सक्रियता प्रतिबद्धतामुलक रुपमा अघि बढाउने अठोटका साथ अध्यक्ष पदका लागि उम्मेदवारी दिएको भन्दै २७ बुँदे एजेण्डा सार्वजनिक गरेका छन उनले सामुहिक नेतृत्व संस्थागत विकास, भवन निमार्णलाई पुर्णता, भुकम्पपिडितका लागि हजार घर निर्माण तथा हस्तान्तरण, १० हजार भन्दा बढी नेपाली भएका देशमा दुतावासको पहल, बैदेशिक रोजगारलाई व्यवस्थीत, मर्यादित तथा १० करोड देखि २० करोडको कल्याणकारी अक्षयकोष स्थापना गर्ने लगायतका प्रतिवद्धता अघि  सारेका छन् यसैगरी घाईते तथा मृत्यु भएका कामदारहरुको बिमा रकम वितरण सहज बनाउने, घरेलु कामदारका समस्याका समाधानमा पहल गर्ने पनि उनको एजेण्डामा समेटिएको  

 घोषणा पत्रमा बैदेशिक लगानी भित्राउन पहल गरिने, निर्वाचनमा एनआरएनहरुको मताधिकारको व्यवस्था सुनिश्चीत गर्ने, विदेशको सीपलाई नेपालमा प्रयोग गर्ने वातावरणको सिर्जना तथा खुल्ला विश्वविद्यालय स्थापनाको कार्यलाई पुर्ण कार्यान्वयन गर्ने, नेपाली कला संस्कृतीको विकास तथा प्रवद्र्धन, पर्यटन विकास, प्रवासमा भाईचाराको विकास व्यक्तिगत लाभ भन्दा संस्थागत विषयलाई महत्व दिने जस्ता विषयबस्तुहरु रहेका छन

हेर्नुहोस् घोषणापत्र 

कार्कीको घोषणापत्रको पूर्णपाठ

 
गैरआवासीय नेपाली संघ–अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA–ICC) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष टि.बि. कार्कीको उम्मेदवारीसहित घोषणा पत्र

आदरणीय गैरआवासीय नेपाली दिदि–बहिनी, दाजुभाई तथा मित्रहरु

विश्वभर छरिएर रहेका ४० लाखभन्दा बढि नेपाली समुदायको साझा मञ्चकारुपमा स्थापित गैरआवासीय नेपाली संघ (NRN) को छैटौ सम्मेलनबाट उपाध्यक्ष पदमा दायित्व सुम्पनु हुने सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई आजको यस सुखद क्षणमा म स्मरण गर्न चाहन्छु र यहाँहरुले मलाई सुम्पिनु भएको उपाध्यक्ष पदमा यो दुई बर्षे जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पूर्ण सहयोग गर्नु भएकोमा यहाँहरु प्रति उच्च सम्मानका साथ गौरव ब्यक्त गर्न चाहन्छु । 

उपाध्यक्ष पदमा निर्वाचित भएपछि आजसम्म एनआरएन अभियानलाई सफल बनाउन हरपल प्रेरणा दिनुहुने मेरा संघका संस्थापक अध्यक्ष, संरक्षकज्यूहरु, वर्तमान अध्यक्ष, कार्य समितिका सहयात्री साथीहरु, अग्रजहरु, सल्लाहकारज्यूहरु, अन्तराष्ट्रिय परिषद् र राष्ट्रिय समन्वय परिषद्का साथै विशेषत मध्यपूर्वका सहकर्मी साथीहरुलाई यहाँहरुको सक्रिय सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु ।

आगामी, अक्टोबर १४ देखि १६ सम्म काठमाण्डौमा हुन गइरहेको सातौं महाधिवेशन तथा विश्व सम्मेलनमा मेरा अग्रज तथा सहकर्मी मित्रहरुको सल्लाह र सुझाव बमोजिम गैरआवासीय नेपाली संघको अभियानलाई अझ सशक्त, सवल, सुदृढ र महत्वपूर्णरुपमा ‘सामूहिक नेतृत्वको विकास तथा संस्थागत निर्णयको विकास र समानता’ का लागि आगामी महाधिवेशनमा मैले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेको छु । म विगत १० बर्षदेखि गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् कतारको कार्यकारिणी सदस्य हुँदै २००७ देखि २००९ कार्यकालको कतारबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य, २००९ देखि २०११ मा चौथो महाधिवेशनमा झिनो मतको अन्तरले कोषाध्यक्ष पदमा पराजित भएता पनि एनआरएन अभियानमा प्रतिबद्ध भई लागिरहेँ । फलस्वरुप पाँचौ महाधिवेशन २०११ देखि २००१३ सम्मको कार्यकालमा तपाईहरुको अमूल्य सहयोगले सचिव पदमा विजयी भई कार्य गरी २०१३ देखि २०१५  को छैटौं महाधिवेशनमा उपाध्यक्ष जस्तो गरिमामय पदमा यहाँहरुकै अमूल्य साथ र सहयोगमा विजय भई सफलतापूर्वक यो कार्यकालबाट विश्वभर छरिएर रहेका लाखौं नेपाली र स्वदेशमा रहेका नेपाली दिदी, बहिनी तथा दाजु, भाईहरुका साझा समस्यालाई संस्थागत रुपमा समाधान गर्न मै समर्पित रहेँ । गैरआवासीय नेपाली संघले दिएको महत्वपूर्र्ण जिम्मेवारी वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याणकारी समितिको सभापती जस्तो अत्यन्तै संवेदनशील र महत्वपूर्र्ण जिम्मेवारीलाई वहन गर्दै नेपाल सरकार र सरोकारवाला निकाय तथा नेपाली नियोगहरुमा वैदेशिक रोजगार क्षेत्रमा देखापरेका विभिन्न प्रकारका समस्याहरु निराकरण गर्नमा यो कार्यकाल अत्यन्तै सफल रहेको ठहर छ । 

हाम्रो सुझाव र आग्रह बमोजिम नेपाल सरकारबाट वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने सवालमा नेपाल सरकारको सहकार्यमा उच्च स्तरीय समितीमा गैरआवासीय नेपाली संघको प्रतिनिधी राख्न सफल भएका छौं , नेपाली नियोगहरुमा गैर आवासीय नेपालीहरुलाई हेर्नका लागि एनआरएन फोकल प्वाइन्ट नियुक्त भई सकेका छन्, १० हजार भन्दा बढि नेपालीहरु बसोबास गरेका केही मुलुकहरुमा दूतावास स्थापना गरिसकिएको छ भने केही मुलुकहरुमा खुल्ने प्रकृयामा छ ।

बिभिन्न देशमा नेपाली नियोग स्थापना भएतापनि पर्याप्त कर्मचारी नभएका दूतावासहरुमा कर्मचारी थप गरिएका छन् भने एनआरएनहरुको सहकार्यमा एमआरपी पासपोर्ट वितरणमा दू्रत रुपमा कार्य अगाडि बढेका छन् । नेपाल सरकारले श्रम बैंकको अवधारणा अगाडि बढाइसकेको छ  र नेपाल सरकारले वैदेशिक रोजगारीमा पठाउने मुलुकहरुमा सरल, सहज र थोरै लागतमा कामदार पठाउने कार्यलाई व्यवस्थित गराउँदै छ  । यो २ बर्षे कार्यकालमा संस्थागतरुपमा ६५ एनसीसीबाट थप गरी ७१ पु¥याइएको छ  । NRNA Investment Company द्धारा जलविद्युत उत्पादन गर्ने कार्य भइरहेको छ  भने, गैरआवासीय नेपाली संघको आफ्नै भवनका लागि जमिन खरिद गरिसकिएको छ  र अब भवन बनाउने कार्यलाई अगाडी बढाउने महत्वपूर्र्ण जिम्मेवारी हामीमा आउँदैछ  । त्यो कार्य पूरा गर्न महत्वपूर्र्ण रुपमा मेरो कार्यकालले पूरा गर्ने विश्वास दिलाउन चाहान्छु । 

परोपकारी कार्यलाई निरन्तरता दिँदै मेरो कार्यकालमा करिब संस्थागत र सम्पूर्र्ण एनआरएन साथीहरुबाट नेपालमा एक अर्ब भन्दा बढीको रकम परोपकारी कार्यमा लगाइएको छ  । महा–भुकम्पले देश रोइरहेका बेला संघको नेतृत्वमा भुकम्पबाट प्रभावित करिब १० भन्दा बढी जिल्लामा १ महिना राहत वितरण कार्यमा प्रत्यक्ष कार्य गरी गैरआवासीय नेपाली संघको गरिमालाई उच्च बनाउने कार्य गरियो । विश्वभरबाट प्रत्यक्ष ३०० स्वयंसेवक रहि कार्य गर्नुहुने सम्पूर्र्ण गैर आवासीय मित्रहरुलाई हार्दिक बधाई तथा उच्च सम्मान पनि व्यक्त गर्दछु । साथै, हामीले उद्घोष गरेको महा–भुकम्प पीडित नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई एक हजार भन्दा बढि घरहरु निर्माण गरी हस्तान्तरण गर्नु पनि मेरो र सम्पूर्र्ण एनआरएनहरुको दायित्व रहेको छ  । 

एनआरएन अभियानलाई अझ बढि सक्रियता र प्रतिबद्धतामूलक सहभागीता रहने अठोटका साथ मैले अध्यक्ष पदमा उमेद्वारी दिने निष्कर्षमा पुगेको छु । आगामी कार्यकालका लागि निम्न एजेण्डामा आफ्नो महत्वपूर्र्ण प्रतिबद्धता अत्यन्त दृढताका साथ व्यक्त गर्न चाहान्छु । 

१,    सामुहिक नेतृत्व तथा संस्थागत निर्णयको विकास गर्न,

२,   सार्क मुलुकभन्दा बाहिर लगातार १८३ दिन भन्दा बढि विदेशमा बसोबास गर्ने नेपालीहरुलाई गैरआवासीय नेपालीको प्रमाणीकरणलाई 
      सुरक्षित गर्न र समानताका लागि ,

३,   गैरआवासीय नेपाली संघको अभियान अन्तर्गत संघको आफ्नै सुविधा सम्पन्न एनआरएन भवन स्थापना गर्न,

४,   भुकम्प पीडित नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई १,००० भन्दा बढि घर बनाई हस्तान्तरण गर्न,

५,  १० हजार भन्दा बढि नेपाली बसोबास गरी रहेका मुलुकहरुमा महा–वाणिज्य दूत तथा दूतावासको स्थापनाको  पहल गर्न र स्थापना भई 
      सकेको दूतावासहरुमा गैर आवासीय नेपालीहरुका लागि कार्य सम्पादन सरल, सहज, सुविधायुक्त र जिम्मेवार बनाउन पहल गर्न,

६,  वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादीत बनाउन गैरआवासीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाई 
      न्यूनतम १० करोडदेखि २०करोडसम्मको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई पूरा गर्न,

७,  नेपालमा कृषि क्षेत्रलाई आधुनिकरण कृषि प्रणालीमा रुपान्तरण गर्न, पर्यटन, जलविद्युत, जडीबुटी र भौतिक पूर्वाधारको विकासका लागि 
     गैरआवासीय नेपाली तथा वैदेशिक लगानी भित्र्याउने वातावरणको सृजना गर्न,

८,  ‘एक पटकको नेपाली, सँधैको नेपाली “ सुनिश्चित गराउन नागरिकताको निरन्तरता अभियानलाई निष्कर्षमा पु¥याउन,

९,  गैरआवासीय नेपाली संघमा पहिले आवद्ध भएका अग्रजहरु तथा विदेशमा सम्मानित अग्रजहरुलाई यो संस्थाप्रति झुकाव बढाउन र 
       उहाँहरुलाई सम्मान गर्न,

१०,  नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियामा गैर आवासीय नेपालीहरुको मताधिकारको व्यवस्था सुनिश्चीत गर्न,

११,  नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको कार्यलाई पूर्र्ण कार्यान्वयन गराउने र विदेशमा बसोवास गरिरहेका वैज्ञानिक, प्राविधिक, 
      चिकित्सक, प्राध्यापक, व्यवसायी, दक्ष जनशक्तिहरुका सीप, क्षमता र प्रविधीलार्ई नेपालको हितमा प्रयोग गर्ने वातावरणको सिर्जना 
      प्रभावकारी ढंगबाट गर्न–गराउन,

१२, वैदेशिक रोजगार प्रबद्र्धन बोर्र्डको कोषमा, हामी वैदेशिक रोजगारमा जाने व्यक्तिहरुबाट प्रतिव्यक्ति एक हजारका दरले लिइएको रकम ३ अर्ब 
       भन्दा बढि जम्मा भई सकेको छ , उक्त जम्मा भएको रकमलाई खाडी, मलेसिया, अफ्रिका, कोरिया, जापान लगायत अन्य मुलुकमा बसोबास 
       गरेका प्रवासी नेपालीहरु लाई सहयोग सहज र सरल रुपमा पिडीत नेपाली र उनका परिवारलाई उपलब्ध गराउन,

१३, वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुर्घटना, घाइते, आपाङ्ग तथा मृत्यु पश्चात दिने बिमा रकमलाई प्रतिव्यक्ति १० लाखका दरले 
      वितरण सहज र सरल बनाउन पहल गर्न ,

१४, वैदेशिक रोजगारमा जाने महिलामाथि हुँदै आएका विभेदकारी नीतिलाई अन्त्य गराई घरेलु कामदारहरुको समस्यालाई निराकरण गराउन, 
       साथै श्रम सम्झौता नगेरेको मुलुकमा कामदारहरु पठाउने कार्यलाई कानुनी दायरामा ल्याउन पहल गर्ने,

१५,  नेपाली आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था सुनिश्चत गराउन,

१६,  विदेशबाट फर्केका नेपालीहरुलाई श्रम बैंकबाट ऋण उपलब्ध गराई आत्म–स्वाभलम्बी बनाउन,

१७, मातृ राष्ट्र नेपाललाई विश्वसामु शान्तिका अग्रदूत भगवान गौतम बुद्ध जन्मेको देश, अपार प्राकृतिक पर्यटकीय गन्तव्यको देश, विश्वको 
      सर्वोच्च शिर सगरमाथा र अपार जलसम्पदाको देशको रुपमा नेपालको चिनारी गराउँदै विदेशमा नेपालको प्रवर्धन, नेपाली कला–संस्कृति, 
      भाषा, खेलकुद र चलचित्र क्षेत्रलाई प्रबद्र्धन गर्न–गराउन,

१८,  देशको आर्थिक उन्नतीका निम्ती धार्मिक तथा प्राकृतिक पर्ययनको विकास गर्न–गराउन,

१९,  विदेशमा बसोबास गर्ने नेपाली–नेपाली बिच भाईचाराको विकास गराई आर्थिक उन्नती प्रगतीमा सहजीकरणको बाटो देखाउन,

२०, एनआरएनभित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि,

२१,  वैदेशिक रोजगारमा गएकाहरुसँग हजारे अभियान शुरु गरी वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष स्थापना गर्न, 

२२, NRN Colony एनआरएनको नेपालमा सामूहिक बस्ति बसाल्ने व्यवस्था गर्ने,

२३, संस्थाको हरेक कमिटि तथा टास्क फोर्सहरुमा सम्बन्धित बिषयमा ज्ञान भएका एनआरएनलाई जिम्मेवारी  प्रदान गर्न ,

२४, संयुक्त लगानी अन्तर्गत भौतिक पूर्वाधार निर्माणमा लगानी गराउने,

२५, एनआरएनएमा लागेपछि सबैमा संस्थागत र सामाजिक कार्यमा लाग्न प्रोत्साहन गर्ने र गराउने ,

२६, उच्च शिक्षा हाँसिल गर्न विश्वमा पुग्नु भएका लाखौँ बिद्यार्थी तथा युवाहरुको गैरआवासीय नेपाली संघमा उपस्थिति अझ व्यापक बनाउन र 
    उहाँहरुले भोगिरहेको समस्यालाई पहिचान गरी गैरआवासीय नेपाली संघ सँग आबद्ध गराउन बिद्यार्थीहरुको लागि विशेष विभाग गठन गर्न  । 

२७, विदेश बसोबास गरी रहेका नेपालीहरु र नेपालमा बसोबास गरिराखेका नेपाली दिदी–बहिनी तथा दाजु–भाईहरुमा दुःख–सुखको सारथी 
      बन्नको लागि गैरआवासीय नेपाली संघ र त्यसको नेतृत्वको पद अध्यक्षमा मेरो उमेद्वारी ।

सम्पूर्णमा सहयोगको अपेक्षा सहित धन्यवाद 

टिबी कार्की
अध्यक्ष पदका प्रत्यासी
                      गैरआवासीय नेपाली संघ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय