किन अवैधानिकलाई धरपकड अभियान तिब्र भयो ?

अर्जुन बराल, सोल, साउन ३१ – दक्षिण कोरिया सरकारले अबैधानिक रुपमा रहेका आप्रबासी कामदारहरु गम्भिर रुपका आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाण भेटिएपछि धरपकड अभियानलाई अध्यागमन बिभाग र प्रहरीलाई तिब्रता दिन अनुरोध गरेको बताएको छ । प्रहरीका अनुसार सन् २००८ देखि सन् २०१२ सम्ममा २६ हजार ६ सय ६३ अपराधका घटना भएका थिए जसमा आप्रबासी अबैधानीक कामदारहरुको संलग्नता न्यूनमात्रामा भएको भएतापनि सन् २०१३ देखि गतबर्ष अर्थात सन् २०१४ को पहिलो सात महिनाको अबधिसम्ममा कुल १६ हजार ९ सय २२ वटा अपराध मध्ये ३८ दशमलव १ प्रतिशत अपराधहरु चोरी, हत्या, बलत्कार, आक्रमण लगायत यौन दुराचारका घटनाहरुमा बढीजसो अबैधानिक आप्रबासी संलग्न भएको बताएको छ । दक्षिण कोरियामा पछिल्लो समयमा आप्रबासी कामदारहरुलाई समयसीमा अगावै स्वदेश फिर्ती पछि पुनः कोरिया आउन चाहने प्रति लक्षित गरि ल्यार्ईएको ऐन पश्चात सन् २०१४ सम्ममा २ लाख  ८ हजार ७ सय ७८ अबैधानिक आप्रबासी रहेको अनुमान कोरियाको न्याय मन्त्रालयले गरेको छ । तर यति भएता पनि नयाँ ऐन अगाडीको एक दशकलाई फर्केर हेर्दा अबैधानिक आप्रबासीको सङ्ख्यामा खासै कमि आएको छैन जसका लागि कोरियाको अध्यागमन बिभागमा रहेका आफना १ सय ५० जना अध्यागमन अधिकारीको संङख्यामा बृद्धि गरि अबैधानिक आप्रबासीहरु घटाउने कोरिया सरकारको योजना रहेको छ । पछिल्लो समयमा अध्यागमन बिभागले स्थानीय स्तरका प्रहरीसँग समन्वय गरि अबैधानिक धरपकड अभियानलाई तीब्रता बनाएसँगै भिषा अबधि सकिएर लुकिछिपी बसेका एकदर्जनको हाराहारीमा नेपाली पनि समातिएका छन् भने यो अभियानलाई तीब्रता दिनका लागि कोरियाको अध्यागमन बिभागले नयाँ रणनीति अख्तियार गर्नुको साथै यात्राका क्रममा आफनो परिचय खुल्ने परिचय पत्र साथमा लिएर हिड्न सबैमा अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय