मलेसियामा एनआरएनएको समानान्तर समिति

मलेसिया, साउन २९- गैर आवसीय नेपाली संघ मलेसियाको निर्वाचनमा भाग लिएको एक प्यानलले पत्रकार सम्मेलन गरेर उम्मेद्धारी फिर्ता लिदै समान्तर समिति वनाउने घोषणा गरेको छ । मलेसियाको क्वालालम्पुरमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट समुहले अहिलेको कार्यसमितीले विधान विपरित काम भएको भन्दै उम्मेद्धारी फिर्ता लिएको जनाएको छ । असन्तुष्ट समुहका हरी भट्टराईले पत्रकार सम्मेलनमा आफु निकटका सद्धस्यलाइ नियतवस मतदान गर्न वन्चित गरेको र अध्यक्ष्यका प्रत्यासी वनेका महेन्द्रजंग शाह एक वर्ष पनि एनआरएन मलेसियाको कार्यसमितिमा नवसेको भए पनि शाहको उम्मेद्धारी दर्ता गराएको आरोप लगाएका छन् । असन्तुष्ट समुहले सात बुँदे फरक मत राख्दै एनआरएन मलेसियाको अधिवेशन बहिस्कार गरेको वताएको छ । अधिवेशन वहिस्कार गरेका छौ भट्टराइले पत्रकार सम्मेलनमा भने ुहामीलाई जर्बरजस्ती वाइपास गर्न खोजेपछि हामी वाध्य भएर अधिवेशन वहिस्कार गर्न पुगेका हौ ।ु मलेसियाका केहि व्याक्तीले एनआरएन चलाउन खोजेको र त्यसको विरोध गर्दा वाइपास गरिएको आरोप उनीहरुले लगाएका छन् । एनआरएनलाई राजनीतिक दलको हिसावले चलाउन खोजीएको छ पत्रकार सम्मेलनमा वोल्दै भट्टराइले भने । अध्यक्ष सहित उपाध्यक्ष युवा संयोजक र आइसिसी सद्धस्यमा उम्मेद्धारी दिएका भट्टराई, मिमलाल शर्मा(राजु), किरण जित वहादुर र रमेश तिवारीले उम्मेद्धारी फिर्ता लिएका हुन । त्यस्तै सद्धस्यमा उम्मेद्धारी दिएका यज्ञ प्रसाद कुँवर, कृष्ण प्रसाद नेपाल, विनोद पाण्डे र वीरवहादुर रानाभाटले पत्रकार सम्मेलन मार्फत नै उम्मेद्धारी फिर्ता लिएर अधिवेशन वहिष्कारको घोषणा गरेका हुन । अहिलेको एनआरएन मलेसियामा आफ्ना पक्षमा २ सय ३० साधारण सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । असन्तुष्ट समुहले मलेसिया मुलका नेपाली सहित प्रतिनिधीत्व गरेर एनआरएन मलेसिया गठन गर्ने समेत बताए । अन्नपूर्णपोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय