आक्रमणमा एक नेपाली मारिए

काठमाडौ, साउन २७- अफ्रिकी मुलुक मालीमा इस्लामिक लडाकुहरुले गरेको आक्रमणमा परी एक नेपाली पाइलटसहित राष्ट्र संघीय अभियानमा संलग्न ५ विदेशीको मृत्यु भएको छ। नेपालीमा ललितपुर जाउलाखेलका राजु भण्डारी रहेको गैर आवासी नेपाली संघ अफ्रिकामा संयोजक हिक्मत थापाले बताए। मालीको राजधानी बामाकोभन्दा करिब ६ सय किलोमिटर उत्तर पूर्वमा रहेको सेभरे नगरमा शुक्रबार सो घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। सञ्चार माध्यमहरुले होटलमा बसेका राष्ट्र संघीय कर्मचारीहरुलाई इस्लामिक लडाकुहरुले बन्धक बनाएको जनाएको छ। मालीका सैनिकहरुले २४ घण्टापछि इस्लामिक लडाकुहरुको नियन्त्रणबाट होटललाई मुक्त पारेको बताइएको छ। ुसेन्ट्रल अफ्रिकी रिपब्लिकनमा राष्ट्र संघमा काम गर्दै आएका नेपाली राजन थापाले भण्डारी कामका लागि होटलबाट मोटरमा बिहान जाँदै गर्दा आक्रमणमा परि मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् संयोजक थापाले भने, भण्डारीको बारेमा थप जानकारीका लागि मालीस्थित मिसनसँग पत्राचार गरेका छौं। न्युज एजेन्सी एएफपीले ५ राष्ट्र संघीय कर्मचारीसहित १२ जनाको मृत्यु भएको जनाएको छ। राष्ट्र संघीय मिसनसँग सम्बन्ध रहेका मारिनेमा दुई युक्रेनी, एक दक्षिण अफ्रिकी र एक मालेयाली रहेका छन्। एएफपीले लडाकुहरुको सम्बन्ध अल्जेरियाको इस्लामिक लडाकु नेता मोख्तार बेल्मोख्तारसँग सम्बन्ध भएको जनाएको छ। अमेरिका रहेका भण्डारीका साढुदाई श्रीराम सुवेदीले अफ्रिकाका रहेका नेपाली र राष्ट्र संघीय निकायसँग सम्पर्क गरेर थप जानकारी लिने कोसिस भैरहेको  बताएका छन्। निकै कम मात्रै जानकारी प्राप्त भएको छ। हामीले सम्पर्क गर्ने कोसिस गरिरहेका छौं, सुवेदीले भने। सुरुमा श्री एयरलाइन्सको तर्फबाट अफ्रिकी मुलुक लाइबेरियामा काम गरेका उनी पछिल्लो समयमा रुसी युटि एयरलाइन्ससँग सम्वन्धित थिए। माली गएको धेरै समय भएको छैन, सुवेदीले भने, तीन तीन महिनामा स्वदेश फर्किनु हुन्थ्यो। अगस्टको अन्तिमतिर फर्किने कार्यक्रम रहेको थियो। अल कायदासँग सम्बन्ध रहेको मालीको इस्लामिक लडाकुहरुविरुद्ध सन् २०१३ मा फ्रान्सेली सैनिकहरुले अभियान राष्ट्र संघले अभियान चलाउँदै आएको छ। नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय