एनआरएनए यूएईको शारजाह क्षेत्रको अधिबेसन सम्पन्न

मनोज अर्याल, शारजाह, साउन २४– गैर आवासीय नेपाली संघ यूएईको शारजाह क्षेत्रीय समितिको शुक्रवार सम्पन्न अधिबेसनले १३ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एनआरएनए,, युएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त क्षेत्रको दोश्रो अधिबेसनले टंक बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सेप्टेम्बर ४ मा दुबईमा हुन गइरहेको संघको पाचौं महाधिबेसनका लागि प्रत्येक क्षेत्रीय अधिबेसनले १० पंजीकृत सदस्य बराबर १ को अनुपातमा प्रतिनिधि चयन गर्ने प्रावधान बमोजिम १३ प्रतिनिधि पनि चयन भएका छन् । उक्त अधिबेसनले सर्वसम्मतिका आधारमा आगामी २०१५–१७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेसनलाई सम्बोधन गर्दै संघका यूएई अध्यक्ष भुसालले आफ्ना सबै विचार, मान्यता र निश्चित सामुदायिक घेराबाट माथि उठेर यूएईमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको पक्षमा निस्वार्थ ढंगले काम गर्ने प्रतिबद्धताका साथ गैर आवासीय नेपाली संघमा प्रवेश गर्न आग्रह गरे । भुसालले कार्यक्रमको अन्त्यमा नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रवासी नेपाली मंच यूएईका अध्यक्ष प्रकाश कोइराला, प्रवासी थारु समाज यूएईका निवर्तमान अध्यक्ष नेत्र थनेत, संघकै कार्य समिति सदस्य पुष्प कार्की लगायतले मन्तब्य राखेका थिए । उक्त अधिबेसनले अध्यक्षमा गुरुङ सहित हेम बहादुर थपलिया उपाध्यक्ष, राजु भण्डारी सचिव, रुपेश चौधरी कोषाध्यक्ष, राजेश झा सह सचिव र क्षेत्रिय सदस्यहरुमा कृष्ण प्रसाद आचार्य, रामेश्वर भेटवाल, वीरेन्द्र कुमार नकर्मी, टंक बहादुर गुरुङ, दुर्गा पाण्डे, केशव राज अधिकारी, कुश कुमार केसी, नारायण गोदारलाई निर्वाचित गरेको छ । सोहि दिन हुने भनिएको संघको अल ऐन क्षेत्रीय समितिको अधिबेसन भने १४ अगस्त शुक्रवारको लागि सारिएको निर्वाचन समितिले जनाएको छ । यस अनुसार आगामी शुक्रवार संघका ४ ओटा क्षेत्रीय समितिहरु आबुधाबी, रास अल खेमा, फुजिरा र अल ऐनको अधिबेसन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय