परदेशीको पैसा खाँदा फन्दामा

काठमाडौं, साउन २३ – साउदी अरवमा जेल परेका एक नेपालीको पैसा खान खोज्दा काभ्रेका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा काभ्रे कोशीदेखा गाविस ८ का लुङ्ग बहादुर लामा रहेका छन् । रोजगारीका लागि साउदी अरव गएका मकवानपुरको टिष्टुङ गाविस ७ का सुकराम घलान त्यहि पक्राउ परि जेल परेका थिए । उनले आफ्नो सम्पूर्ण सामान तथा बैंकको चेक समेत नातामा भतिज पर्ने बलराम घलानले पाउने गरी नेपाल पठाएका थिए । तर सुकरामले नेपाल पठाएको चेकमा आफैंले हस्ताक्षर गरी लामाले ३ लाख निकालेका थिए । सोही अभियोगमा लामालाई प्रहरीले काठमाडौंका डल्लुबाट पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको अपराधमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय