बढ्यो कोरियामा तलव

निकुञ्ज तिवारी, दक्षिण कोरिया, साउन २१ – दक्षिण कोरियाको संसद्ले सन् २०१६ का लागि प्रतिघण्टा ६०३० वन (करिब ६३८ रुपैयाँ) पारिश्रमिक बढाउने निर्णय पारित गरेको छ । रोजगार तथा श्रम मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै सबै फर्म, उद्योग, कलकाखानालगायत क्षेत्रमा कार्यरत मजदुर तथा व्यवसायीलाई यसबारे जानकारी गराएको छ । सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने यो पारिश्रमिक चालू वर्षको प्रतिघण्टा ५५८० वनभन्दा ८.१ प्रतिशतले बढी हो । यो वर्षका लागि ७.१ प्रतिशत बढाइएको थियो । न्यूनतम पारिश्रमिक वृद्धिसँगै रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कार्यरत १६ मुलुकका आप्रवासी र तल्लो श्रेणीका स्वदेशी गरी करिब ३० लाख ४२ हजार कामदार लाभान्वित हुनेछन् । जुलाई ९ मा सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच मतदान गरी ज्यालावृद्धिको निर्णय गरिए पनि बुधबार (अगस्ट ५)मा मात्र संसद्बाट पारित भएको हो । श्रमिकका हक–अधिकारमा क्रियाशील टे«ड युनियनहरूको आलोचनात्मक विरोधबीच यही तलब संसद्बाट पारित भएको हो । श्रमिक संगठनहरूले न्यूनतम ज्याला १० हजार वन बनाउन माग राख्दाराख्दै प्रतिघण्टा ८१०० सय हुनैपर्ने अडान राखेका थिए । कम्पनी व्यवस्थापकले भने ५७१५ वनबाट बढाउन नसकिने अड्डी लिएका थिए । अब सातामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्नेले न्यूनतम मासिक १३ लाख १० हजार १९७ वन पाउनेछन् । यो १ लाख १७ हजार ६२५ रुपैयाँ हो । त्यस्तै, सातामा ४४ घण्टा काम गर्नेले १४ लाख १६ हजार ७६८ वन (१ लाख २७ हजार १९३ रुपैयाँ) पाउनेछन् । १ सय वनबराबर ९.४५ रुपैयाँ हुन्छ । कोरियामा आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धिलगायत विभिन्न सूचकांकका आधारमा न्यूनतम पारिश्रमिक बढाइन्छ । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय