
अर्जुन बराल,सोल, साउन १९– प्रवासी नेपालीहरुको साझा संस्थाका रुपमा परिचित गैह्र आवासिय नेपाली संघ दक्षिण कोरिया शाखाको आगामी सेप्टेम्बर ६ तारिख आईतवारका दिन हुन गैरहेको पाँचौ अधिवेशनका लागि अध्यक्ष पदमा ईपिएस मार्फत दक्षिण कोरियामा आई मजदुरी गरिरहेका नेपाल पत्रकार महासंघ कोरिया शाखाका निवर्तमान अध्यक्ष खेम कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कोरियामा रहेका ३२ हजार नेपालीलाई एउटै छातामा ल्याउने, एनआरएन धनीमानीको मात्र संस्था हो भन्ने मान्यतालाई उन्मुलन गर्ने, कोरियामा रहेका नेपाली मजदुर के कस्ता समस्यामा रहेका छन् ति समस्या निराकरणको लागि सरकारसँग पहल गर्ने लगायत मजदुर मजदुरकै लागि भन्ने मान्यतामा आफु मैदानमा उत्रीएको खेम कार्कीले बताएका छन् । यसरी अन्य मुलुकमा पनि अधिवेशनको रौनक बढेसँगै दक्षिण कोरियामा पनि खेम कार्कीको उम्मेदवारी पश्चात यज्ञराज सुबेदी, रबिन तामाङ, राजु क्षेत्री, ध्यान राई, लोचन राई बिचको भिडन्त पक्कै पनि हेर्न लायक हुनेछ । त्यसैगरि हालसम्म उपाध्यक्ष पदमा उम्मेदबारी घोषणा गर्नेमा ओम जुगजाली, प्रकाश धमला, जुनु गुरुङ्ग, लक्ष्मी गुरुङ्ग, नवराज तामाङ, अमृत राई, बिपिन गुरुङ्ग, लालबहादुर साउद रहेका छन् ।