कतारमा एनआरएनएको चुनावी बहस, सहमतिमा जोड

घनश्याम पराजुली, दोहा, साउन १७– गैर आवासिय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आशन्न महाधिवेशनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाले ‘सार्वजनिक बहस’ कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए एनसिसी कतारका उम्मेदवारहरुसँग गरिएको बहस कतारमा पहिलो पटक आयोजना गरिएको हो । कतारमा स्थापित विभिन्न संघसंस्था तथा पंजिकृत सदस्यहरुको जिज्ञासा मेटाउदै सहमतिका लागि पहल होस भन्ने उद्धेश्यका साथ नितान्त एनआरएनए एनसिसीका उम्मेदवारहरुको विषयमा बहस गरिएको थियो । एनसिसीका अध्यक्ष पदका उम्मेदवारहरु अर्जुन भट्टराइ , बिल गुरुङ्ग , बिनेश तामाङ्ग र मोहम्द साकिर अली रहेका छन । बहसमा भट्टराईले प्रवासी लगानी भित्राउन कोशिष गर्ने भन्दै आफ्नो प्रतिबद्धता सुनाए । अध्यक्ष पदका दाबेदार गुरुङ्गले ‘सहकार्य सहमती जहाँ ,प्रगती उन्नती त्यहाँ’ भन्ने एक सुत्रिय चाहना तथा मन्त्र रहेको भन्दै संस्थाको विधान बुझेमा मात्र नेतृत्व गर्न सकिने बताए । त्यस्तै तामाङ्गले आफ्ना सामाजिक गतिविधीलाई प्रष्ट पारे । अर्का उम्मेदवार साकिर अलीले विगतमा समेत एनआरएनएमा काम गरेको अनुभव रहेको भन्दै आफु सक्षम रहेको बताए । उनीहरुको प्रतिबद्धता माथी करिम बक्स मियाँ, नवराज बिक, मोहन शाह , युवराज पाण्डे, रुद्र बिक, मुनाफ मिँया र शिवराज गौतमले प्रश्न गरेका थिए । उम्मेदवारहरुले सहमति गरेर अगाडी बढ्ने बताएका छन । अध्यक्षका उम्मेदवार भट्टराई काँग्रेस निकट मानिन्छन । त्यस्तै तामाङ्गलाई एमाले तथा जनजाती महासंघको समर्थन छ । गुरुङ्गलाई जनजाती महासंघले साझा उम्मेदवारको रुपमा उठाएको हो । साकिर अलीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन । कार्यक्रमका सहभागीहरुले एनआरएनएलाई राजनितीकरण नगर्न आग्रह गरेका थिए । प्रथम उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नगेन्द्र पोखरेल , मोहम्मद मुक्तदा मुसलमान र श्रीकृष्ण भट्टराईले सार्वजनिक बहसमा आफ्नो प्रतिबद्धता सुनाए । सार्वजनिक बहसमा द्वितिय उपाध्यक्षका उम्मेदवारहरु प्रविन गुरुङ्ग,  द्रोण बस्नेत र मोहम्मद उमेर अलाम, महासचिवमा नन्द प्रसाद गर्वुजा, करिम बक्स मियाँ र नन्द्र प्रसाद ढुङ्गाना, सचिवमा प्रेमकुमार बिक, उत्तिमकुमार साह, संजय रजक र मोहम्द औजेर साथै कोषाध्यक्षका लागि भेषराज पराजुली , बुदबल गुरुङ्ग, अब्दुल वासिद, रुपेश यादव, आईसिसी सदस्य हंसराज क्षेत्री , बिनोद भट्टराई , होमनाथ शर्मा र सुनिल मण्डलसँग उनीहरुको उद्धेश्य र प्रतिवद्धताको विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा पालैपालो एक एक पदका उम्मेदवारहरुलाई स्टेजमा बोलाएर बहस गरिएको थियो । सार्वजनिक बहसमा उम्मेदवारहरुले सहमती गर्न तयार रहेको बताईरहे पनि सहमती हुने वा नहुने विषय निश्चित हुन सकिरहेको छैन । उम्मेदवारहरुले विचारको हिसावले संस्था चल्ने हुदा संस्थाको मर्मलाई आत्मसाथ गर्दै काम गर्ने बताए । युवाशक्तीलाई एकिकृत गर्दै समाजीक कार्यमा लगाउन अग्रसर गर्ने जस्ता विषयमा उनीहरु बोलेका थिए । आर्थिक पारदर्शिता , लेखा परिक्षण , श्रमिकका समस्याहरुको समाधानका पहल लगायतका विषयमा बहस गरिएको थियो । सहभागीहरुले समसामयिक विषयमा प्रश्न गरेका थिए । जिरोबाट सहमती थाल्छौ सार्वजनिक बहस कार्यक्रममा कतारमा स्थापना भएका राजनितीक दलका प्रवास संगठनका प्रमुखहरुले सहमतीका लागि जिरोबाट शुरु गर्ने बताएका छन । उम्मेदवारहरुले यहाँका बैचारिक संगठन तथा नेपाली समुदायका अग्रजहरुलाई पुर्ण रुपमा जिम्मा दिएमा सहमतीका लागि पहल गर्ने बताएका छन । सहभागीहरुले बैचारिक संस्था तथा अगुवाहरुका कारण सहमती हुन नसकेको बताएपछी उनीहरुले प्रतिक्रिया दिएका हुन् । जनसम्पर्क समितिका सभापती बिमल सुबेदीले बैचारीक संगठनको संलग्नताले एनआरएनएलाई नखल्बलाएको तर यहाँका केही व्यक्तिहरुले खल्वलाउने कोशिस गरेको बताए । कार्यक्रममा बोल्दै जनप्रगतीशिल मन्चका संरक्षक सनीकुमार वलीले लामो समयसम्म समाजमा देखिएका व्यक्तिहरुबाट नै सहमती हुन नसकेको भन्दै पर्दा पछाडीबाट नै सहमती तोडिने गरेको बताए । ‘कसैलाई पद पुगेको छैन भने हामी अहिले पनि बाहिर बसेर सहयोग गर्न तत्पर छौ, सहमती भएन भने समाज विग्रन्छ त्यसको जिम्मेवारी समाजका अगुवाहरुले लिनुपर्छ’ उनी भन्छन । उम्मेदवारहरुले बैचारिक संस्थालाई जिम्मा दिए सहमती हुने बताए । कार्यक्रममा प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरी गैह्रेले चुनावी प्रकृयामा जान जटिल रहेकोले सहमतीमा जोड दिनुपर्ने बताए । सहमतीका लागि पटक पटक बैचारिक संस्थाहरुविच बैठक बसेको उनले बताए । ‘सदस्यता जहाँ बृद्धी हुन्छ त्यहाँ चलायमान हुन्छ यसलाई गलत अर्थमा लिनुहुदैन ’ उनी भन्छन । तराई मधेश लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खानले हरेक समाजका मान्छेले समाजमा प्रतिनिधीत्व गर्न पाउनुपर्ने बताए । आफुहरुले अरु बैचारिक संगठन बराबर स्थान नपाएकोमा उनी रुष्ट देखिए । उनले सहमतीका लागि हर कसरत गर्न तयार रहेको बताए । Qatar program 2 सहमतीमा नै जोड कार्यक्रममा बोल्दै एनआरएनए कतारका पुर्व अध्यक्ष कमलमणी गुरागाईले अव सहमतीका लागि जिरोबाट नै पहल गर्नुपर्ने बताए । त्यस्तै आईसिसीका पुर्व उपाध्यक्ष सागर नेपालले ‘उम्मेदवारहरु समाजका लागि बाधक हुन सक्दैनन्, उनीहरु समाजका लागि केही गर्न आएका हुन तर यहाँ सबै सहमत हुन तयार छन , त्याग गर्न तयार छन को हो त सहमतीको बाधक रु’ भन्दै सहमतीका लागि जोड दिए । आईसिसी उपाध्यक्ष टिबी कार्कीले पत्रकार महासंघले सार्वजनिक बहसको कार्यक्रम आयोजना गरी सबैलाई सहज बनाईदिएको बताए । उनले भने ‘ महासंघले नयाँ आयम कतारबाट थालनी गरेको छ यो उदाहरिणय हो यसलाई निरन्तरता दिनुपर्छ ।’ उनले आन्तरिक बहसमा रहेको भन्ने उम्मेदवारी फिर्ता गर्ने मितीसम्म राम्रा खबर आउने बताए । एनआरएनए कतारका निर्वाचन संयोजक गुरुनारायण रानाभाटले ‘ हामीले सबै कुराको अनुकुलता नियाली रहेका छौ , २८ सय पंजिकृत सदस्यहरुलाई असहजता भएमा निर्वाचन गर्न सकिदैन’ भन्दै एनआरएनए कतारबाट सहजताका लागी पहल गरिदिन आग्रह गरे । उनले विगतको भन्दा अहिले परिवेश फरक रहेको बताउदै समस्याको समाधान गरी सहमीय प्रणालीमा जान आग्रह गरे । कार्यक्रममा बोल्दै एनआरएनए कतारका अध्यक्ष मक्सुद आलमले सहमती गर्न नसके चुनावी प्रकृयामा जानका लागि ७५ जना उम्मेदवारहरुले २ हजार ८ सय ८ पंजिकृतको जिम्मेवारी लिनुपर्ने बताए । कार्यक्रमलाई समापन गर्दै संयोजक गणेश प्रसाद बन्जाडेले सबैलाई धन्यवाद ज्ञापन गर्दै बहसको निचोड यहाँका बैचारिक संस्था तथा अगुवाहरु मिलेर नै सहमती हुन सक्ने बताए । ६ घण्टा लामो चलेको सार्वजनिक बहसमा विभिन्न सामाजिक संस्थाका प्रतिनिधी तथा प्रमुख लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सहमति , निर्वाचन र गोलापर्था गर्ने सम्ममा विषयबस्तु कार्यक्रममा उठाईयो । एनआरएनए कतारको महाधिवेशन आगामी १४ अगष्ट र चुनावी प्रक्रिया २१ अगष्टमा हुदैछ । महाधिवेशनका कारण कतारमा नेपाली समुदाय यहाँको तापक्रम भन्दा बढी तातिरहेको छ । यो पनि पढ्नुहोस् युएईमा सामाजिक सञ्जालमा लेखेको अभियोगमा पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय