
अर्जुन बराल सोल, साउन १५– रोजगार प्रक्रिया प्रणाली मार्फत दुईसाता अगाडी दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडी मात्रै कोरिया छिरेका काभ्रेका ३६ बर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३ बजे सुतिरहेको अबस्थामा काठको लठ्ठीले प्रहार गरि बिस्तारामा नै हत्या गरेका छन् । ख्यङगिदो नगरको ग्वाङ्जुमा रहेको काठको सामान बनाउने कम्पनीमा राई र राउतसँगै काम गर्दथे । घटनाको बारेमा कुटनीतिक प्रक्रियामार्फत सुदिप राउतको परिवारलाई नेपालमा खबर गरिसकेको भएता पनि घटनास्थलमा भोलीमात्र नवनियुक्त उपनियोग प्रमुख किरण शाक्य र श्रम सहचारी अनिल गुरुङ पुग्ने जानकारी प्राप्त भएको छ । साथै परशुराम राईलाई हाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । राईका साथिले उनी मानसिक रोगि भएको बताएका छन् । यो पनि पढ्नुहोस् युएईमा सामाजिक सञ्जालमा लेखेको अभियोगमा पक्राउ