नवोदित वाचनालय कतारको अध्यक्षमा श्रेष्ठ

दिलिप पराजुली, दोहा, साउन ११- आदिकवी भानुभत्त आचार्यको २०१ औं जन्मजयन्तीको अवसर पारेर नवोदित साहित्यीक वाचनालयको सातौ अधिवेशन दोहामा गत शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा १७ सदस्यिय कार्यसमिति सर्वसम्मतीमा चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा सिताराम थापा, द्धितिय उपाध्यक्षमा राजेश्वर ढकाल, महासचिवमा लेख कार्की, सचिवमा दिप मिलन, कोषाध्यक्षमा टिका खड्का, सह–कोषाध्यक्षमा राजन लामा र मोवाईल पुस्तकालय संयोजक ईश्वर शाही चयन भएका छन । त्यस्तै सदस्यहरुमा दिलिप पराजुली, वेचन महतो, शुब्बा गुरुङ्ग, इनोसेन्ट राजन, सुरेषमान तामाङ्ग , मदन न्यौपाने, सुमन दङ्गाल, कमल बहादुर नेपाली र एसपी माथवर चयन भएका छन । कार्यक्रममा प्रमुख अतिथी अन्तराष्ट्रिय नेपाली साहित्यीक समाज कतार च्याप्टरका अध्यक्ष तिर्थसंगम राईले कतारमा कस्तो खालको साहित्य सिर्जना हुन्छ भन्ने धेरैको प्रश्न रहेको बताए । कतारले नेपालीलाई धेरै दिएको छ, लाखौंका घरमा चुलो बलेको छ, त्यसका अलवा नेपालीले दुःख पनि पाएको उनले बताए । कार्यक्रमका विशेष अतिथी एनआरएनए कतारमा प्रथम उपाध्यक्ष कुमार कार्कीले अनेसास लगायतका साहित्यीक संस्थाहरुसँग एनआरएनए जोडिनुपर्ने बताउदै शुभकामना दिए । त्यस्तै विशेष अतिथी सन्ध्या ग्रुप अलखोरका अध्यक्ष वीरेन्द्र कुमार याक्थुङ्गले साहित्य मन भित्रबाट निस्कने कुरा बताए । कार्यक्रममा कृती अवार्डमा समावेस ४ वटा कृतीमध्ये गजलकार लेख कार्कीको गजल सग्रह ‘मन्दिर’ ले अवार्ड पाउन सफल भयो । अवार्डका लागि वाईपी गौतमको उपन्यास अदृश्य पर्दा, तेज तड्पनको गजल तडपन र झापाली सर्जकहरुको संयुक्त गजल संग्रह कन्काईका सुस्केराहरु समावेश भएका थिए । कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधी तथा प्रमुखहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा १२ जना साहित्यप्रेमीहरुले आफ्नो साहित्य वाचन गरेका थिए । कार्यक्रममा तिर्थसंगम राई , नवराज विक , बिनोद खड्का , प्रविन राई, रुप रसाईली र ईश्वर राईले कविता वाचन गरे । त्यस्तै टिका खड्का , लेख कार्की , डिएल मगर , रुपक बेलवासे , तेज तड्पन , पुर्ण गुरुङ्ग र कमलले गजल प्रस्तुत गरे । कार्र्यक्रम वाचनालयका अध्यक्ष भानु सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । यो पनि पढ्नुहोस् ……… के १० हजारमा नेपालीलाई पठाउलान् त म्यानपावर व्यवसायीले ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय