निःशुुल्कको माग ल्याउँदै रकम कुम्ल्याउँदै

काठमाडौं, साउन ११ – सरकारले मलेसियालगायत खाडीका ६ मुलुकमा निःशुल्क टिकट र भिसाको निर्णय कडाइका साथ लागू गर्ने बताइरहँदा यसअघि मलेसियाबाट आएको निःशुल्क टिकट र भिसामा पनि म्यानपावरले कामदारसँग चर्को शुल्क लिएको खुलेको छ। सरकारले गृहकार्यबिनै निःशुल्क टिकट र भिषाको निर्णय गरेको भन्दै आन्दोलनरत व्यवसायी र सरकारबीच शनिबार राति सहमति भए पनि ६ महिनाअघि नै मलेसियाको फ्लेक्सट्रोनिक कम्पनीबाट आएको निःशुल्क टिकट र भिषामा पाथिभरा ओभरसिजले ६५ हजारदेखि ९० हजार रुपैयाँसम्म असुलेर पठाएको कामदारले बताएका छन्। वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हंशराज वाग्लेको उक्त कम्पनीले ६ महिनाअघि फ्लेक्सट्रोनिकबाट टिकट र भिषा खर्च कम्पनीले नै बेहोर्ने गरी माग ल्याएको थियो। पाथिभराबाट मलेसिया गएका रामेछापका उत्तम थोकरले सोही मागमा कम्पनीले ६५ हजार रुपैयाँ लिएको बताए। अहिले म मलेसियाको जोहोरबारुमा फ्लेक्सट्रोनिक कम्पनीमा काम गरिरहेको छु, यहाँ आएपछि यो कम्पनीले नेपालबाट कामदार ल्याउँदा टिकट र भिषा खर्च आफैंले दिने गरेको थाहा भयो, उनले टेलिफोनमा भने। आफूलाई त्रिभुवन विमानस्थलमा पैसा तिरेको छ कि छैन भनेर सोध्यो भने छैन भन्नू भनेर सिकाएको थोकरल बताए। आफू ८३ जनाको डफ्फामा निस्केको र एकजना एयरपोर्टबाट फर्केर बाँकी ८२ जना मलेसिया पुगेको उनले बताए। सबै म जस्तै तिरेर आएका हुन्, उनले भने। पाथिभराबाटै गएका धादिङका उद्धव सिलवालले पनि निःशुल्क टिकट र भिसामा ६५ हजार तिरेको बताए। मलाई निःशुल्क टिकट र भिसा हो भन्ने थाहा थियो, तर म्यानपावरले अफिस चार्ज भनेर पैसा लियो, उनले भने। फ्लेक्सट्रोनिकमै काम गर्न गएका नारायण अर्यालसँग भने पाथिभराले ७० हजार असुलेको थियो। मैले पैसा तिरेको हो। तर मलाई तिरेको छैन भन्न लगाएर कागज गराए। अनि भिडियोमा पनि बोल्न लगाए, उनले भने, पाथिभराकै सुदन भन्नेले मसँग पैसा लिएको हो। तर प्रमाण केहि दिएन। पैसा तिरेपछि रसिद माग्दा नदिएको उनको गुनासो छ। यता म्यानपावर सञ्चालक वाग्ले भने कसैसँग पैसा नउठाएको दाबी गर्छन्। अरु कसैले उठायो होला हाम्रो कम्पनीले उठाएको छैन, उनले भने, कामदारले मलेसिया पुगेपछि यस्ता आरोप लगाएका छन् यसमा अरुको खेल छ। पाथिभराले अहिले फ्लेक्सट्रोनिक कम्पनीबाटै निःशुल्क टिकट र भिसाको माग ल्याएर विज्ञापन प्रकाशित गरेको छ। योसँगै अरु तीन कम्पनीले १ हजार ५ सय कामदारका लागि निःशुल्क टिकट र भिसाको माग ल्याएका छन्। सरकारको अनुगमन र कारबाही प्रभावकारी नहुँदा म्यानपावर व्यवसायीले कामदार ठग्दै आएका छन्। सरकारले गत जेठ २६ गते घोषणा गरेर असार २१ गतेदेखि लागू गरेको निःशुल्क टिकट र भिसामा पनि कामदार ठगिने सम्भावना छ। कसैले पैसा लिए नलिएको अनुगमन गर्ने प्रभावकारी संयन्त्र सरकारसँग छैन। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ भने आफूहरुले कामदार ठगी रोकिने संयन्त्र बनाउन माग गरेको दाबी गर्छन्। तर यसलाई अर्कैतिर मोडिएको गुरुङले बताए। केही म्यानपावरले कामदार ठगेको दाबी गर्ने उनी ठगले उन्मुक्ती पाएको तर्क गर्छन्। त्यसको दोष सबैले पाए, उनले भने। सरकारले मलेसियाका लागि अधिकतम ८० हजार लागत तोकेको बेला म्यानपावर व्यवसायीले डेढ लाखदेखि २ लाखसम्म लिएर कामदार ठगिरहेका थिए। २ लाख लिए पनि व्यवसायीले कामदारलाई ८० हजारको मात्र रसिद दिन्थे। कामदारले बढी रकम असुलेबारे उजुरी गरे पनि सरकारले प्रमाण नभएको भन्दै म्यानपावर व्यवसायीलाई उन्मुक्ती दिँदै आएको थियो। श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले निःशुल्क टिकट र भिसामा पैसा उठाउने म्यानपावरलाई कारबाही हुने बताए। हामीले अनुगमन संयन्त्र बनाएका छौं, अनुगमन हुन्छ र कारबाही पनि हुन्छ, उनले भने। नागरिकबाट यो पनि पढ्नुहोस् के १० हजारमा नेपालीलाई पठाउलान् त म्यानपावर व्यवसायीले ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय