काठमाडौं, साउन १०- मलेसिया पुगेर प्रशस्त धन कमाइ गाउँमै व्यवसाय गर्ने सोच उनले बनाएका थिए । उनले मलेसिया जाने प्रक्रिया कैलालीको टिकापुरमा बस्ने फुपाजुको माध्यमबाट शरु गरे । फुपाजुमार्फत विदेश जान लाग्दा विदेशमा समस्या भोग्नुपर्ने कल्पनासमेत उनले गरेनन् । उनी अर्थात अछामको कालिका–४ का अर्जुन रावलले मलेसिया जानु पहिले जे कुरा सोचेका थिएनन्, अन्ततः त्यही नियति भोग्नुपर्यो । मलेसियाको राजधानी क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेवित्तिकै उनका दुर्दिन शुरु भए ।‘ विमानस्थलको लिप्mटबाट ओर्लिन खोज्दा सिँडीबाट ओर्लिन भन्दै प्रहरीले हामी सबै नेपालीलाई कुट्यो’ अर्जुनले सुनाए, ‘पुलिसको कुटाइ खाँदै दुई दिनसम्म विमानस्थलमै भोकभोकै बस्नुप¥यो ।’ अर्जुन र उनको साथमा मलेसिया पुगेका १२ नेपाली युवाले त्यहाँ कुकुरले नपाएको दुःख पाए । काठमाडौंको चक्रपथस्थित आरआर ग्रुप नामक मेनपावरलाई मोटो रकम बुझाएर मलेसिया उडेका अर्जुनसहितका १२ नेपाली युवालाई नेपालमा मेनपावर कम्पनीले भनेजस्तो काम, कम्पनी र पैसा दिइएन । ‘हामीलाई मलेसियामा सिसाको फ्रेम बनाउने कम्पनीमा मासिक एक हजार चार सय रिंगेट तलब पाउने मेनपावर कम्पनीले भनेको थियो । तर उता पुगेपछि तलब पनि मासिक नौ सय रिंगेटमात्र र काम गर्ने कम्पनी पनि पुलका सामान निर्माण गर्नेरहेछ’ अर्जुनले भने, ‘मेनपावर कम्पनीले हामीलाई एक कम्पनी भनेर उता अर्कै कम्पनीलाई बेचेको रहेछ ।’ विमानस्थलमा पुगेको दुई दिनपछि मात्र कम्पनीका मानिस लिन आएकाले दुई दिनसम्म पानी पनि नपिएर बस्नु परेको उनले सुनाए । पुलका सामान निर्माण गर्ने कम्पनीमा काम गर्न नसक्ने भनेर नेपाल फिर्ता हुने प्रक्रिया सुरु गरेपछि कम्पनीले दुई हप्तासम्म काम गराइ तलब त परै जाओस खानासमेत नदिएको अर्जुनले सुनाए । सोही कम्पनीमा काम गर्ने नेपालीले खाना नदिएको भए भोकभोकै मर्नुपर्ने उनले बताए । कम्पनीले प्रति राहदानी छ हजार रिंगेटका दरले खरिद गरेकाले उक्त रकम दिएपछि मात्र फिर्ता गर्ने बताएपछि राहदानी बिनै आफूहरु कम्पनीबाट भागेर दूतावासको शरणमा पुगेको अर्जुनले सुनाए । १२ मध्ये दुई साथीलाई त्यहाँको प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको पनि उनले बताए । प्रतिव्यक्ति करिव दुई लाख मेनपावर कम्पनीलाई बुझाएर मलेसिया गएका अर्जुन र १२ युवा एक महिना नपुग्दै त्यहाँबाट नेपाल फर्कँदा प्रतिव्यक्ति तीन लाख खर्च भएको सुनाउँछन् । एकातर्फ तीन लाख रकम डुबेको चिन्ता त छँदैँछ भने अर्कोतर्फ मलेसियामा एक महिना बस्दा पाएको यातना सम्झिँदा दिमागले नै काम गर्न छोड्ने गरेको अर्जुनले सुनाए । ‘पैसा डुबेको र चरम यातना पाएको पीडा भन्दा पनि ज्यान जोगाएर घर पुगेकोमा चित्त बुझाएर बस्छु’ आँखा रसाउँदै अर्जुनले भने, ‘नेपाल आउनका लागि त्यहाँको अध्यागमनमा फिर्ता पास बनाउँदा र औंठा छाप मेटाउने क्रममा प्रहरीले मरणासन्न हुने गरी यातना दिएको कुरा सम्झँदा त जिउँदो नेपाल फर्किएला भन्ने कल्पनासमेत गरेको थिइन ।’ आफूहरुले त्यहाँको भाषा नजान्दा थप समस्या परेको अर्जुनले सुनाए । सकेसम्म मलेसिया काम गर्न जाँदै नजानु र गइहाले पनि भाषा, कुनै सीप सिकेरमात्र जान उनी अरुलाई सल्लाह दिन्छन् । मलेसियामा रहेको नेपाली दूतावासका र्काचारीले नेपाल फर्कन सहयोग नगरेको समेत अर्जुनले गुनासो गरे । ‘कर्मचारीहरुले आफूहरु पनि पैसा कमाउन आएको भन्दै सहयोग नै गरेनन्’ उनले भने विदेशमा समस्या पर्दा उल्टै कर्मचारीदेखि पनि रिस उठेर आयो । ’वैदेशिक रोजगारको शिलशिलामा भर्खरैमात्र तेस्रो मुलुक जाने क्रम सुरु भएको सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा असर पनि देखापर्न थालेका छन् । प्रशस्त पैसा कमाउने आशमा लाखौँ रुपैयाँ लगानी गरेर काम गर्न तेस्रो मुलुक गएका अछामी युवामध्ये केहीको लाश आउन थालेको छ । केही मुस्किलले ज्यान जोगाएर फर्किन थालेका छन् । नेपालजापान डटकममा प्रकाशित यो पनि पढ्नुहोस् सरकार र म्यानपावर व्यवसायीबीचको सहमतिः सचेत हुनुपर्ने ठाउँ कहाँ छ ?
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1