एनआरएनए कतारका अध्यक्षमा चार प्रत्यासी, ७४ जना चुनावी मैदानमा

दिपक पुडासैनी, दोहा, साउन ९ – गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१५–१७ का लागि आगामी २१ अगस्टमा हुने निर्वाचनका लागि अध्यक्ष्मा चारजना चुनावी मैदानमा उत्रेका छन् । प्रतिस्पर्धामा उत्रेकाहरुमा विनेश तामाङ, अर्जुुन भट्राई, मोहम्मद साकिर अलि र बिल गुरुड रहेका छन् । सवै पदमा गरी ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन । प्रथम उपाध्यक्षका उम्मेदवारहरुमा नगेन्द्र प्रसाद पोख्रेल, मोहम्मद मुक्तदा मुसलमान र श्रीकृष्ण भट्राई रहेका छन् । यसैगरी द्वितिय उपाध्यक्षमा द्रोण बहादुर बस्नेत, प्रविन गुरुङ र मोहम्मद उमेर आलमको उम्मेदवारी परेको छ । महासचिवमा नन्द प्रसाद गर्बुजा, करिम बक्स मियाँ र नन्द प्रसाद ढुुंगानाले उम्मेदवारी हालेका छन् । सचिवमा प्रेम कुमार बिक, सञ्जय रजक र उत्तिम कुमार साह, कोषाध्यक्षमा भेषराज पराजुली, अब्दुल बसिद, अकबर कवारी, रुपेश यादव र बुधवल गुरुड.ले उम्मेदवारी दर्ता गराएका छन । खुुल्ला सदस्य तर्फको ६ जनामा रामजी खत्री, शिवप्रसाद बाँस्तोला, लालबहादुर भट्ट, भूपति भट्राई, भीमबहादुर थापा, माईला वाइवा, मक्सुद आलम खान, रुपेश कुमार श्रेष्ठ, भीम बहादुर तरामु मगर, मोहमद यासीन राईन, डिल्ली राम भट्टराई, महबुब आलम, संतोष दंगाल, बुद्दि प्रसाद भण्डारी, शक्ति क्षेत्री र दिपक लामिछाने गरी १६ जनाको उम्मेदवारी परेको छ । युुवा संयोजक एकजनाको लागि लीलबहादुर जिसी, केदारनाथ भुुषाल, भानुुभक्त दाहाल र दिपेन्द्र ढकाल उम्मेदवार भएका छन् । महिला संयोजकमा भनें संगिता थिङको मात्र उम्मेदवारी परेको छ । एकजना महिला सदस्यका लागि सरिता भण्डारी पौडेल र मिना खड्काले उम्मेदवारी दर्ता गराएका छन । पूर्वाञ्चल विकास क्षेत्रबाट एकजना सदस्यका लागि तेज कटुवाल र राम कुमार मण्डल, मध्यामञ्चल बिकास क्षेत्रबाट मो. नजिलानी साफी, मोहमद रहमत हुुसेन र महमद हुसेन शेख, पश्चिमाञ्चल बिकास क्षेत्रबाट ठाकुुर कुुमार दमाई दर्जी र इसरार अहमद मुुसलमान, मध्य–पश्चिमाञ्चल बिकास क्षेत्रबाट मान बहादुुर केसी, बिमल कुमार उपाध्याय, बसन्तराज पुरी र हरि प्रसाद रिजाल तथा सुुदुर–पश्चिमाञ्चल बिकास क्षेत्रबाट तोयानाथ घिमिरे र कृष्ण कुुमार आयरले मनोनयन दर्ता गराएका छन । . आदिवासी जनजाति समुुदायबाट छानिने दुईजना सदस्यका लागि राजुु महर्जन र खिम बहादुर राना मगर, दलित समुुदायबाट छानिने दुईजनाका लागि प्रकाश परियार र खेम बहादुर बिश्वकर्मा तथा मुुस्लिम समुुदायबाट छानिने २ जनाको लागि मोहमद इसराल कवारी, खुरसिद मन्सुर, मोस्तकिम कवारी र मोहम्द आयुुब, तराई/मधेश समुुदायबाट छानिने दुईजनाको लागि चन्द्र देव यादव, मो.जमसिद राईन, तैयब राइन कवारी, उमेश कुमार खड्गा र महेश्वर मण्डलले मनोनयन दर्ता गराएका छन । ३१ सदस्यिय कार्यसमितिको ३ जना सदस्य मनोनयन भने नव निर्वाचित कार्यसमितिले गर्ने छ । त्यसैगरी अन्तरराष्ट्रिय समन्वय समिति सदस्यको दुईपदका लागि हंसराज ढकाल क्षेत्री, बिनोद कुमार भट्राई, होमनाथ शर्मा र सुुनिल मण्डलले प्रतिस्पर्धा गर्दै छन । २०१५–१७ का लागि कतारको एनआरएनएमा परिषद सदस्य संख्या २ हजार ८ सय ८ जना छन । यो पनि पढ्नुहोस्  कतारमा अभिभावक होस् त यस्तो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय