
काठमाडौं, साउन ८ – नेपाल सिलीण्डर प्रालीमा साउन ८ गते सम्पन्न आधिकारीक ट्रेड यूनियनको निर्वाचनमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल बिजयी भएको छ । जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन, नेपाल र नेपाल ट्रेड यूनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संंघ बिच निक्कै कडा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा समग्र उद्योग ट्रेड यूनियनले २८ मत प्राप्त गरी बिजय भएको हो । नेपाल कारखाना श्रमिक संंघले २५ मत प्राप्त गरेको थियो । बारा जिल्लाको अमलेखगञ्जमा रहेको उक्त कारखानामा कुल ५६ जना श्रमिकहरु मतदाता रहेकोमा ५३ जना श्रमिकहरुले मतदानमा भाग लिएका थिए । यो पनि पढ्नुहोस् विदेश देखेर आई हालें अव यहीँ गर्ने