स्वास्थ्य परिक्षणमा असफल भएपछि भागेर अवैधानिक

दक्षिण कोरिया, साउन ८- इपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपाली युवा कोरिया आएको तेश्रो दिन देखि नै अवैधानिक भएका छन् । ट्रेनिंग सेन्टरमा लिईएको स्वास्थ्य परिक्षणमा क्षयरोग देखिए पछि उनी सेन्टरबाट भागेका थिए । बाग्लुंग घर भएका ती युवाको नाम भने खुलाइएको छैन । असार २९ मा अभिमुखीकरणका लागि सेन्टरमा आइपुगेका ति युवाको असार ३१ मा स्वास्थ्य परिक्षण रिपोर्ट आएको थियो । रिपोर्टमा क्षयरोग देखिएपछि उनी आएका अन्य साथीहरुलार्इ पनि जानकारी नदिई सेन्टरबाट बाहिरिएका थिए । उनी आएको कम्पनिले अर्का एक नेपाली युवालार्इ पनि कामका लागि ल्याएको थियो । प्राणघातक सरुवा रोग र दुर्व्यसनीमा लागेको पुष्टि भए नेपाल फिर्ता हुनुपर्ने हुन्छ । उत्पादनमुलुक कार्यमा आएका युवाहरुले साना तथा मझौला उधोगद्वारा सञ्चालित अभिमुखीकरण केन्द्र आन्संगमा तालिम लिनुपर्ने हुन्छ । केन्द्रले कामका लागि प्रवेश गरेका युवाहरुको स्वास्थ्य परिक्षण गर्ने, कामको प्रकृति र बस्तुस्थिति बारेमा जानकारी दिने गर्दछ । स्वास्थ्य परिक्षणमा असफल रहेर यस अघि २००९ मा एक नेपाली युवा यसैगरि केन्द्रबाट भागेका थिए । तालिम केन्द्रबाट भाग्नु अति दुर्लभ घटनाका रुपमा लिईन्छ । बिगतमा दुर्ब्यसनी तथा प्राणघातक सरुवा रोगको पुष्टि भएका हालसम्म १५ जना भन्दा बढी युवाहरु केन्द्रबाट नै नेपाल फर्किसकेका छन् । केहि युवा भने एयरपोर्टबाट पनि भाग्ने गरेका थिए । उद्योग मन्त्रालय अन्तर्गत अभिमुखीकरण केन्द्रमा कार्यरत वांगङदी लामाका अनुसार हालका बर्षमा स्वास्थ्य परिक्षणमा असफल हुनेहरुको संख्या बढेको छ । यो बर्ष मात्रै ५ जनामा स्वास्थ्य खराबी देखिएको लामाले जनाए । नेपालमा गरिने स्वास्थ्य परिक्षण र कोरिया प्रवेशको समयान्तराल धेरै रहने हुँदा पनि स्वास्थ्यका कारण नेपाली फिर्ता तथा भाग्नुपर्ने स्थिती आएको हो । सन् २०१५ मा गरिनुपर्ने श्रम नवीकरणमा नेपालले एक पटक स्वास्थ्य परीक्षण गरी उत्तीर्ण भएका व्यक्तिलाई पुन दोहोर्यारएर परीक्षण गर्ने प्रावधान हटाउन गरेको प्रस्तावमा कोरियाले असहमति जनाएको थियो । हाल स्वास्थ्य परीक्षण गरेको एक वर्ष पूरा भएपछि कामदारले पुन स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। इपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले स्वास्थ्य परिक्षण पश्चात र कोरिया प्रवेशको समयावधि बढी रहने हुनाले केहि युवामा स्वास्थ्य समस्या देखिएर नेपाल फर्कनुपरेको बताए । नेपालको स्वास्थ्य परिक्षण प्रयोगशाला कमजोर भएर नभई बीचको अन्तरालमा देखिएको स्वास्थ्य समस्याका कारण फिर्ता हुनुपरेको बास्तोलाको ठम्याई छ । कोरियाबाट फिर्ता भएका केहिमा नेपाल फर्कदा कुनै स्वास्थ्य खराबी नदेखिएको बताउदै बास्तोलाले कुनै शंका लागे जानु अघि परिक्षण गर्न आग्रह गरे । हेल्लोकोरिया डटकमबाट यो पनि पढ्नुहोस् नेपालीलाई रोजगारदाताले मन पराउँछन्, कोहि डराउनु पर्दैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय