काठमाडौं, साउन ८- गैर आवासिय नेपाली संघ(एनआरएनए) ले गन्तव्य मुलुकहहरुसँग श्रम सम्झौताका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले हालै मलेसिया तथा अन्य खाडी मुलुकहरुमा नेपाली कामदार पठाउँदा निःशुल्क भिषा र टिकट हुनुपर्ने भनी गरेको निर्णयलाई स्वागत गर्दै संघले यस्तो धारणा राखेको हो । संघका प्रवक्ता मन केसीद्धारा जारी विज्ञप्तीमा नेपाली कामदारलाई ‘फ्रि भिषा, फ्रि टिकट’ मा बैदेशिक रोजगारीको अवसर दिनु अत्यन्तै स्वागतयोग्य कदम भएतापनि यसलाई कार्यान्वयन गर्दा कामदारहको हकहितलाई प्राथमिकतामा राख्न र यसका व्यवहारिक पक्षको समेत मूल्याँकन गनै आग्रह गरिएको छ । विज्ञप्तीमा नेपाल सरकारले सम्बन्धित मुलुकसंग श्रम सम्झौता गर्दा यो निर्णय अझ प्रभावकारी हुने उल्लेख गरिएको छ । लाखौं नेपाली युवाहरुले मलेसिया तथा खाडी मुलुकहरुमा रोजगारीका अबसर प्राप्त गरी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत सराहनिय योगदान गरिरहेको सन्र्दभमा श्रमिक मैत्रि नीति तर्जुमा गरी लागू गरियोस भन्दै गैरआवासीय नेपाली संघले सरकारलाई अनुरोध समेत गरेको छ । यो पनि पढ्नुहोस् बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1