
काठमाडौं, साउन ६- सरकारले निःशुल्क भिषा र निःशुल्क टिकटमा मात्र पूर्व स्वीकृति दिन थालेपछि त्यसको विरोधमा उत्रेका बैदेशिक रोजगार व्यवसायी दुई कित्तामा बाँडिएपछि त्यसको असर उनीहरुको आन्दोलनमा पनि देखिएको छ । व्यवसायीको आन्दोलनमा सहभागि नहुने र गोप्य रुपमा श्रम स्वीकृति लिने क्रम बढेपछि नेपाल बैदेशिक रोजगार व्यवसायी संघले त्यस्ता व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएको छ । दैनिक श्रम ग्राम ताचहलमा चलिरहेको आन्दोलनलाई सशक्त बनाउन संघले सवै व्यवसायीलाई अनिवार्य उपस्थीत हुन ह्वीप जारी गरेको छ । आन्दोलनमा नआउनेलाई संघले कारवाही गर्ने चेतावनी समेत दिएको छ । संघका उपाध्यक्ष कुमुद खनालले सम्पूर्ण व्यवसायीलाई एक भएर अघि बढ्न अनुरोध गरिएको बताए । गत शुक्रवार अन्तिमपटक सरकारी प्रतिनिधि र व्यवसायीबीच वार्ता भएपनि कुनै सहमति हुन सकेको छैन । व्यवसायी तत्कालका लागि निःशुल्क भिषा र निःशुल्क टिकट स्थगित गरेर गन्तव्य मुलुकमा छलफलका लागि जानु पर्ने पक्षमा छन् भनें श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुंग यसमा सहमत छैनन् । उनी निःशुल्क भिषा र निःशुल्क टिकटको निर्णयबाट पछि नहट्ने अडानमा छन् । सरकारलाई निर्णय फिर्ताका लागि दवाव दिन बुधवार पनि श्रमग्राम अघिल्तिर व्यवसायीले प्रदर्शन गर्दैछन् । यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?