यूएईमा नयाँ कानून, १० बर्षसम्म कैद र २० लाख दिरामसम्म जरिवाना

काठमाडौं, साउन ५ – यूएईले कडा दण्ड सजाय सहित विभेद विरुद्धको नयाँ कानून जारी गरेको छ । कसैलाई विभेद गरेको प्रमाणित भएमा यूएईमा ६ महिनादेखि १० बर्षसम्म जेल सजाय तथा ५० हजार दिराम(१३ लाख ५० हजार) देखि २० लाख दिराम( ५ करोड ४० लाख) जरिवाना हुनसक्नेछ । नयाँ कानून जारी भएपछि यूएईमा अव कसैलाई धर्म, जातजाती, विचार, वर्ण लगायतका आधारमा कसैलाई विभेद गरे दण्ड सजाय हुनेछ । नयाँ कानून अनुसार धर्मका बारेमा कुनैै भनाई, पुस्तक, पम्पलेट वा अनलाइन मार्फत होच्याउने काम गरेमा कडा सजाय हुनेछ । कसैको धार्मिक मान्यता विरुद्धमा कसैले होच्याए वा नराम्रो शव्द बोलेमा पनि सो कानून अनुसार सजाय हुनेछ । कानून लागु भइसकेपछि कसैले भगवान, धर्मगुरु, धार्मिक ग्रन्थ तथा मस्जिद लगायतका धार्मिक स्थलहरुको निन्दा गरेमा कडा सजाय हुनेछ । नयाँ कानूनले अनलाई, रेडियो वा टेलिभिजन मार्फत त्यस्तो कुनै आलोचना गरिएमा समेत सजाय हुने व्यवस्था गरेको छ । सञ्चारमाध्यमले त्यस्तो कुनै गतिविधि गरे निक्कै कडा रुपमा प्रस्तुत हुने समाचारमा जनाइएको छ । यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय