साहसी काम गरेकोमा मग्राती र कुशल संगठकका रुपमा बोट पुरस्कृत

काठमाडौं, साउन ४- नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)ले हरेक बर्ष प्रदान गर्दै आएको नुरु वाङ्छु अवार्ड यसबर्ष सुनसरीकी यामकला मग्रातीलाई प्रदान गरिएको छ । यसैगरी माधव न्यौपाने स्मृति अवार्ड उदयपुरका यूनियनकर्मी चञ्चलाल बोटलाई प्रदान गरियो । दुवै पुरस्कारका साथ प्रमाणपत्र तथा नगद १० हजार प्रदान गरिएको थियो । जिफण्टको २६ औं स्थापना दिवसका अवशरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार जिफण्ट अध्यक्ष विष्णु रिमालले हस्तान्तरण गरे । हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मग्राती नेपाल सफाई कर्मचारी यूनियनकी केन्द्रीय उपाध्यक्ष हुन् । बोट क्यूपेक नेपालका केन्द्रीय सदस्य हुन् । पुरस्कर वितरण गर्दै जिफण्ट अध्यक्ष रिमालले जोखिमपूर्ण ढंगले साहसी काम गर्ने एकजना संगठकलाई नुरु वाङ्छु पुरस्कार र कुशल संगठक यूनियनकर्मीलाई माधव न्यौपाने स्मृति पुरस्कार प्रदान गर्ने गरिएको बताए । यसअघि दुई दुईजनाले सो पुरस्कार प्राप्त गरिसकेका छन् । माधव न्यौपाने स्मृति पुरस्कार यसअघि सुन्तली चौधरी र वेदकुमार खतिवडाले प्राप्त गरेका थिए भनें नुरु वाङ्छु पुरस्कार दोर्जे खत्री र सार्कीमान तामाङलाई प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा जिफण्टका महासचिव विष्णु लम्सालले यामकला मग्राती र चञ्चलाल बोटले यूनियन Gefont program 2आन्दोलनमा पुर्याएको  योगदानको चर्चा गरेका थिए । विसं २०६५ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेपाल स्वतन्त्र सफाई मजदुर यूनियनका ४५ जना सदस्य मध्ये ४४ जना तत्कालिन नेकपा माओवादी समर्थित क्रान्तिकारी सफाई मजदुर यूनियनमा गएपनि एक्लो जिफण्टकर्मी भएर मग्रातीले गरेको संघर्ष र उनले प्राप्त गरेको सफलताको लम्सालले सराहना गरे । हाल सो प्रतिष्ठानको सफाई विभागमा कार्यरत ६५ जना मध्ये ५८ जना जिफण्टका सदस्य रहेको र सो काम मग्रातीकै प्रयत्नमा सफल भएको लम्सालको भनाई थियो । यसैगरी अर्का पुरस्कृत चञ्चलाल बोटले उदयपुर जिल्लामा क्यूपेक नेपालको संगठन विस्तारमा खेलेको भूमिकाका बारेमा पनि महासचिव लम्सालले प्रष्ट्याए । बोट २०६३ सालमा उदयपुरमा क्यूपेक नेपालको जिल्ला अध्यक्ष हुँदा झण्डै एक सयको हाराहारीमा रहेका क्यूपेक नेपालका सदस्य संख्या हाल एक हजार पुगेको र संगठन विस्तारमा बोेटको भूमिका उल्लेख्य रहेको महासचिव लम्सालले बताए । सोही अवशरमा गंगादेवी छात्रबृत्ति तथा उपचार सहयोग समेत हस्तान्तरण गरियो । जिफण्ट अध्यक्ष रिमालले हेटौंडाका नयन पोखरेल तथा बुटवलका सूर्यबहादुर सार्कीलाई गंगामाया छात्रबृत्ति हस्तान्तरण गरे । यसैगरी मिरा बस्नेतलाई गंगादेवी स्वास्थ्य उपचार सहायता पनि हस्तान्तरण गरियो । चिया मजदुर यूनियनमा संलग्न बस्नेतले काठमाडौ आउने क्रममा गाडी दुर्घटनामा परेर एउटा हात गुमाएकी छन् । उनलाई उपचारमा सहयोगका लागि सो रकम हस्तान्तरण गरिएको हो । सोही समारोहमा गत बैशाख १२ को विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका जिफण्टका सदस्यहरुका परिवार तथा घाइते भएका जिफण्टका सदस्यलाई राहत रकम हस्तान्तरण गरियो । मृतकका परिवारलाई जनही रु २५ हजार देखि ४० हजारसम्म तथा घाइतेलाई रु १५ हजार देखि २० हजारसम्म जिफण्ट अध्यक्ष रिमालले हस्तान्तरण गरे । Gefont program यसअघि समारोहलाई सम्वोधन गर्दै अध्यक्ष रिमालले भूकम्प पश्चात जिफण्टले उद्धार, सरसफाइ र राहतमा केन्द्रीत भएर अभियान सञ्चालन गरेको बताए । उनले सो क्रममा काठमाडौं उपत्यकाका तीन सहित १० वटा जिल्लामा पुगेर जिफण्टका पदाधिकारी तथा सदस्यहरुले सरसफाइ, उद्धार र राहत वितरण गरेको बताए । उद्धार र सरसफाई पश्चात ५ जनाको परिवारलाई १५ दिने पुग्ने खाद्यान्न वितरण र घर निर्माण गर्ने काममा जिफण्ट खटिएको रिमालले स्मरण गरे । यो पनि पढ्नुहोस् बुधवार पर्खिंदै म्यानपावर व्यवसायी, सरकार अडानमा कायमै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय