दुतावास जाँदा पक्राउ परे महतो

सोल, साउन ४- नेपाल फर्कनलाई ट्राभल डकुमेन्ट लिन सोलस्थित नेपाली दूताबास गएका एक नेपाली पक्राउ परेका छन् । अवैधानिक रुपमा कोरियामा बसिरहेका र स्वेच्छाले घर फर्किन लागेका ति नेपाललाई प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको हो । पक्राउ पर्ने व्यक्ति चितवनका ‘ए’ महतो भएको जानकारी दिइएको छ । उनी ट्राभल डकुमेन्ट लिन दुइ दिनअघि सोलस्थित नेपाली दूताबासमा पुगेका थिए । ट्राभल डकुमेन्ट लिन दूताबासका कर्मचारीले प्रहरी रिपोर्ट लिएर आउनु भन्दै नजिकैको प्रहरी कार्यालयमा पठाएका थिए । उनी सरासर प्रहरी कार्यालयमा गएर प्रतिबेदन मागे पनि प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन बिभागमा बुझाइ दिएको हो । महतोले सोमवार(जुलाई २०) का लागि नेपाल फर्किने टिकट लिएका थिए । ईपीएस प्रणाली मार्फत कोरिया आएका उनी अबैधानिक रुपमा बस्दै आएका थिए । पछिल्लो समयमा अबैधानिक रुपमा बसेका कामदारलाई प्रहरीले पनि पक्राउ गर्ने गरेको छ । स्वदेश फर्कन आवश्यक ट्राभल डकुमेन्ट बनाउन दूताबास जाँदा पक्राउ पर्न थालेपछि अबैधानिक बसेर घर फर्किन लागेका कामदारहरु अन्योलमा परेका छन् । अध्यागमन बिभागले पक्राउ गरेपछि १० बर्ष र स्वेच्छाले स्वदेश फर्के २ बर्षपछि कोरिया प्रवेश गर्न पाइने प्रावधान छ । यसअघि दूताबास परिसरबाटै तमुधि कोरियाका तत्कालीन अध्यक्ष रामकाजी गुरुङ पक्राउ परेपछि नेपाली दूतावासका कर्मचारीहरु विवादमा परेका थिए । महतो पक्राउ पर्नुमा नेपाली नियोगको कुनै हात नरहेको दुतावासका एक कर्मचारीले बताएका छन् । यो पनि पढ्नुहोस् कतारमा अभिभावक होस् त यस्तो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय