विदामा पनि पासपोर्ट दिइने

काठमाडौँ, साउन ३- राहदानी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने भएको छ । राहदानीका लागि आवेदन गरेकालाई समयमै राहदानी दिन नसक्दा पर्न सक्ने कठिनाइलाई दृष्टिगत गरी विभागले बिदाको दिनमा पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले आइतबार सूचना जारी गरी सोमबार र मङ्गलबार बिहान ८ देखि ११ बजेसम्म राहदानी वितरण गर्ने जनाएको छ । राहदानी लिन निवेदकले आफ्नो सक्कल नागरिकता, पुरानो राहदानी भए सोसमेत र बैंक रसिदलगायत कागजात लिई स्वयम् उपस्थित हुन विभागले अनुरोध गरेको छ । रासस यो पनि पढ्नुहोस्  नत्र म साउदीबाट कहिल्यै फर्किन पाउने छैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय