मृतकका परिवारलाई यूएईबाट सहयोग

अनिता न्यौपाने, यूएई, साउन १– हृदयाघातका कारण गत १२ जुलाईमा यूएईमा निधन भएका तनहुँ बन्दीपुर २ का ४७ वर्षिय तुला गुरुङको परिवारलाई सोही कम्पनीमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । उनको परिवारलाई केही राहत मिलोस् भनी अर्थ संकलन गर्दा करिव १३ हजार दिरहम्स (नेरु ३ लाख ५८ हजार ४ सय १० रुपैंया) जम्मा भएको इलामका भीमप्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार गुरुङकाकी श्रीमती लालमाया गुरुङको बन्दीपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिएको छ । सोही कम्पनीमा डाइभिङ टेक्निसियनका रुपमा कार्यरत इलामका आचार्यका अनुसार गुरुङको शवलाई नेपाल पठाइसकिएको छ । अर्थ संकलनमा आचार्य लगायत सोही कम्पनीमा कार्यरत नेपाली र अन्य देशका नागरिक गरी २ सय २५ जनाभन्दा धेरैले सहयोग गरेका थिए । गुरुङका २ छोरा र २ छोरी छन् । गुरुङ उच्च रक्तचापले पीडित थिए । रास अल खेईमहको आरची रोड़ेंन कम्पनीमा रिगरका रुपमा कार्यरत गुरुङ सामान्य अवस्थामा सुतेका थिए । बिहान डिउटी जाने समयमा उनी मृत भेटिएका थिए यो पनि पढ्नुहोस् विदेशमा नेपालीको माग घट्दैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय