मलेसियाबाट झण्डै साढे चार करोड

मलेशिया, असार ३१- नेपालका भूकम्प पीडितका लागि मलेसियाबाट झण्डैै साढे चार करोड रकम पठाइएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दुतावासका अनुसार नेपालमा ४ करोड ३६ लाख रकम पठाइएको हो । स्थानीय मे बैङ्कमा प्रधानमन्त्री राहत तथा उद्धार कोष नाममा खोलिएको खातामा सो रकम संकलन भएको दुतावासले जनाएको छ । सो रकम गत सोमबार नेपालमा प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाइएको दुतावासले विज्ञप्ती जारी गरि जानकारी दिएको छ । सो खातामा मलेशियामा कार्यरत नेपाली, मलेसियामा रहेका विभिन्न देशका नागरिक तथा बिभिन्न संघ संस्थाका तर्फबाट रकम जम्मा भएको दुतावासको भनाई छ । यो पनि पढ्नुहोस् विदेशमा नेपालीको माग घट्दैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय