मलेसियामा कार्यक्रम सुरु हुँदै

मलेसिया, असार ३१- मलेसियामा विहिवारदेखि फ्रेण्डसीप धमाका ५ साँगितिक कार्यक्रम सुरु हुँदैछ । यो कार्यक्रम नेपालका भूकम्प पीडितका लागि आयोजना गरिएको आयोजकका तर्फबाट कृष्ण पुलामीले बताएका छन् । विगतका बर्षहरुदेखि नै फ्रेण्डसीप धमाका कार्यक्रम हुँदै आएको छ । यसबर्ष भनें रामदाम (हारीराया) को अवशर पारेर आयोजित कार्यक्रममा नेपालबाट पनि कलाकारहरु निम्त्याइएका छन् । कार्यक्रममा भाग लिन नायिका करिष्मा माननन्धरसँगै किरण केसि, शिवहरी पौडेल मलेसिया आइपुगेका छन् । उनीहरुसँगै मोडल रस्मी तामाङ, लोक गायीका ज्योती मगर, गायक कमल खत्री लयागतका कलाकार मलेसिया आएको आयोजकले जानकारी दिएका छन् । विहिवार सुरु हुने कार्यक्रम मलेसियाका विभिन्न शहरमा हुने बताइएको छ ।  यो पनि पढ्नुहोस् फेरी भोका, अप्ठ्यारोमा परेका नेपालीको जाने, बस्ने ठाउँ हरायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय