सुरक्षित बैदेशिक रोजगारीका बारेमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राम प्रमेश मण्डल, असार २९ जनकपुर- जनकपुरमा सुरक्षित बैदेशिक रोजगारीका बारेमा मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा शिवानी मिश्र प्रथम, सुदिप कुमार साह द्धितीय, दयाराम यादव तृतीय, ज्योती चौधरी, कृष्णा दास, अम्बिका चौधरी, रोशनी झाले सान्त्वना पुरस्कार प्राप्त गरे । सामी हेल्भेटास नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय धनुषाको सहकार्यमा प्याक नेपाल धनुषा र संकटमोचन दे.रा.उ.मा.वि.जनकपुरले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका हुन् । सुरक्षित बैदेशिक रोजगारीका लागि हाम्रो भूमिका विषयक सो वक्तृत्वकला प्रतियोगितामा धनुषाका झण्डैै एक दर्जन माध्यमिक विद्यालयका छात्र तथा छात्राहरु सहभागि थिए । प्रतियोगिताकोे निर्णायकमा दिपक झा, निरा श्रेष्ठ र राजदेव यादव रहेका थिए । प्रतियोगिहरुले बैदेशिक रोजगारीमा जानेहरुलाई बैदेशिक रोजगारीको विषयमा सूचना र सीपको अभावका कारण विदेशमा दुःख पाईरहेकाले हाम्रा अभिभावकलाई सूचना र सीप सुकेर जाँदा बैदेशिक रोजगार सुरक्षित र लाभदायी हुने तर्क गरेका थिए । यो पनि पढ्नुहोस् विदेश जाँदै हुनुहुन्छ ? यी कुरा थाहा पाउनै पर्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय