प्रेमिका भेट्न बुर्का लगाएर गएपछि …………..

काठमाडौैं, असार २५- बुर्का लगाएर एउटा कुवेतमा एक मस्जिद नजिकैै उभिइरहेका एक व्यक्ति पक्राउ परेका छन् । उनी त्यहाँ आफ्नी एक प्रेमिकालाई पर्खिरहेको प्रहरीले बताएको छ । पक्राउ पर्ने व्यक्ति पाकिस्तानी नागरिक हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नी प्रेमिकाले सो मस्जिद नजिकै भेट्न बोलाएको र आफू कसैले नचिनुन् भनेर बुर्का लगाएर महिलाजस्तै भएर त्यहाँ उभिएको बताएको समाचारमा उल्लेख छ । तर उनले किन त्यसरी महिलाको लुुगा लगाएर उभिए भन्ने थप अनुसन्धानको विषय भएकाले हामीले अल फरवानिया अनुसन्धान विभागमा उनलाई पठाएका छौं प्रहरी श्रोतलाई उधृत गर्दै कुवेतको अल राइ दैनिकको अनलाइन संस्करणले जनाएको छ । बुर्का लगाएका ति व्यक्ति मोवाइलमा कुराकानी गरिरहेको अवस्थामा प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गर्न थालेको थियो । सोही क्रममा ति व्यक्ति पुरुष भएको पत्ता लागेको थियो । उनलाई तत्काल पक्राउ गरी उनको शरिर खानतलासी गरिएको थियो । तर शंकास्पद कुनै वस्तु फेला नपरेपछि उनलाई थप अनुसन्धानका लागि पठाइएको हो । अल ईमाम अल सादिक मस्जिदमा आत्मघाती बम आक्रमणपश्चात कुवेतले शंकास्पद गतिविधिमाथि कडा निगरानी राखिरहेको कुवेती अधिकारीहरुले जनाएका छन् । सो आक्रमणमा २६ जना मारिएका थिए भनें २ सय २७ जना घाइते भएका थिए । यो पनि पढ्नुहोस् किन सुन्दैन एनअारएनएले श्रमिकका अावाज?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय