काठमाडौं, असार २४- संविधानको मस्यौदामा विदेशमा रहेका नेपालीले पनि सुझाव दिन पाउने भएका छन् । संविधानसभा सचिवालयले त्यस्तो व्यवस्था गरेको जानकारी दिएको छ । संविधानसभाले तयार पारेर आम नागरिकबीच सुझावका लागि जाने तयारी भएसँगै विदेशमा बसिरहेको नेपालीको सुझावलाई समेत नयाँ संविधानमा समावेश गर्न यस्तो व्यवस्था मिलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए । त्यसका लागि ईमेलसँगै संविधानसभा सचिवालको वेबसाइट www.can.gov.np मा माथिल्लो भागमा नै नेपालको संविधान २०७२ को मस्यौदामा राय, सल्लाह, सुझाव दिनुहुनको लागि यहाँ क्लीक गर्नुहोस् भन्ने सुचना राखिएको छ । मस्यौदा राजपत्रमा प्रकाशित भएपछि सो ठाउँमा क्लीक गरेर विदेश स्थीत नेपाललीले आफ्नो सुझाव दिन पाउनेछन् । यसैगरी विभिन्न देशमा रहेका नेपाली दुतावासको वेबसाइटमार्फत पनि विदेशस्थीत नेपालीले आफ्नो राय, सुझाव दिन पाउने सहप्रवक्ता कुईंकेलले बताए । यो पनि पढ्नुहोस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1