साउदीले मगाउने कामदारको सूचीमा नेपाल छैन

काठमाडौं, असार २४- साउदी अरेवियको श्रम मन्त्रालयले भारत, बंगलादेश लगायतका देशहरुबाट यसबर्ष १२ लाख कामदार लैजाने भएको छ । तर काामदार मगाउने देशको सूचीमा नेपालको नाम भनें छैन । साउदी गजेट डटकमका अनुसार साउदीको श्रम मन्त्रालयले त्यहाँका ६ वटा म्यानपावर कम्पनीलाई ति कामदार मगाउने अनुमति दिएको हो । मगाइने कामदारमा घरेलु कामदारसँगै लेवर, सवारी चालकसँगै अन्य कामदार रहने छन् । कामदार मगाउन अनुमति दिइएका देशहरुमा बंगलादेश, भारत, फिलिपिन्स, मोरक्को, तान्जानिया, युगाण्डा, श्रीलंका, भियतनाम र मौरियाना रहेका छन् । यसैबीच कतारको श्रम मन्त्रालयको सुचना विभागका निर्देशक तासिर अल मुफारिजले नेपालबाट घरेलु कामदार छिट्टै आउन थाल्ने बताएका छन् । उनले दुई महिना भित्रै नेपालसँग यससम्वन्धि सम्झौता हुने र घरेलु कामदार आउन थाल्ने बताएका छन् । उनले बंगलादेशी कामदारलाई साउदीमा रोक लगाइएको भन्ने समाचारको खण्डन समेत गरे । साउदीको पछिल्लो नियम अनुसार साउदी अरवका ६ वटा म्यानपावर कम्पनीहरुले घरेलु कामदार ल्याउने अनुमति पाएका छन् । ति कम्पनीहरु नै घरेलु कामदारको स्पोन्सर हुने व्यवस्था गरिएको छ । तिनै कम्पनीले त्यसरी ल्याइने व्यक्तिको स्वास्थ्य विमा गर्नुपर्नेछ । ति कम्पनीहरुले त्यसरी ल्याइएका कामदारलाई बार्षिक २४ हजार साउदी रियालसम्ममा काममा पठाउन सक्ने साउदी गजेट डटकमले समाचार लेखेको छ । यो पनि पढ्नुहोस् कामदारको माग अरु मुलुक जान थाल्योः व्यवसायी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय