मलेसियामा परेन एउटै आवेदन

मलेसिया, असार २४- मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेका नेपालीलाई घर फर्काउन नेपाली दुतावास मलेसियाले खोलेको बोलपत्र आव्हान गरे पनि मंगलबारसम्म कुनै पनि संस्था वा फर्मले प्रस्ताव दर्ता गराएका छैनन्। दुतावासले मंगलबारसम्म समय सीमा तोकेर हाल नेपाल पठाइ रहेको कोपरासी बार्हाड भन्दा सस्तो दरमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई घर फर्काउन सक्ने संस्थाले दर्खास्त हाल्न आवहान गरेर १५ दिने सूचना जारी गरेको थियो । नेपाली दुताबासका अनुसार मलेसियाको अध्यागमनसँग हाल चली आएको १२८० रिङ्गेट भन्दा कम दरमा नेपाल पठाउन सबै सरोकारवालासंग आव्हान गरेको थियो । मलेसिया दुतावासले घर जान लाग्ने यात्रा अनुमतिपत्र एकद्धार नीति अन्तर्गत वितरण गरेको र एउटा संस्थालाई मात्र नेपाल पठाउने काम दिएको भन्दै अधिवक्ता नवराज थपलियाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट जारी भएको केही समय पछि नै दुतावासले बोलपत्र द्वारा नेपाली घर पठाउन सक्ने फर्म वा संस्थाको खोजी गरेको थियो। नेपाली दुतावास मलेसियाले केही दिन अघिबाट यात्रा अनुमती पत्र कोपरासीमा बुझाएको भरपाइ नभए पनि नेपालीलाई दिने बताएको छ ।मलेसियामा अझै १ हजार भन्दा बढी नेपाली अबैधानिक रुपमा काम गर्दै आएको दुतबास श्रोतले बताएको छ । मलेसिया सरकारले अवैधानिक रुपमा बसिरहेका बिदेशी कामदारलाई घर फर्किन जरिवाना तिरेर अवसर दिएको छ। गत वर्षबाट मलेसिया सरकारले अवैधानिक रुपमा काम गर्दै आएका विदेशी कामदारलाई घर फर्क अभियान सुरु गरेको हो । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् म्यानपावर व्यवसायीले आन्दोलन थालेपछि कसले के भने सामाजिक सञ्जालमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय