म्यानपावर व्यवसायीले आन्दोलन थालेपछि कसले के भने सामाजिक सञ्जालमा ?

काठमाडौं, असार २३- सरकारले निःशुल्क भिषा र निःशुल्क टिकटमा बाहेक बढी लागत तिरेर बैदेशिक रोजगारीमा जाने व्यवस्था बन्द गरेपछि त्यसको विरोधमा म्यानपावर व्यवसायी उत्रेका छन् । उनीहरुले बुधवार बैदेशिक रोजगार विभागको ताहचल स्थीत कार्यालय अगाडी विरोध प्रदर्शन गरे । व्यवसायीहरु म्यानपावर कार्यालय अनिश्चित कालका लागि बन्द गरेर आन्दोलनमा उत्रेका छन् । व्यवसायीको आन्दोलन सुरु भएपछि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा व्यक्त केहि विचारहरु : Dharam KC #facebook अचेल अचम्मका तर्क देखिने गरेका छनः म्यानपावर ब्यवसायीका पुर्ब अध्यक्षले भिडियो अन्तर्वार्तामा भन्दैथिए – “बिभागका कर्मचारीले ठूला ठूला महल बनाएका छन, उनीहरू पनि अख्तियारको कार्बाहीमा परेका छन भने हामी ब्यवसायीहरूले पनि महल ठड्याउन किन नपाउने ? हामीले पनि गलत गर्न किन नपाउने? बिभागलार्इ हुने अख्तियारको कार्बाही हामीलार्इ पनि भयो त के भयो ?” हिन्दु तारा गौतम @ebutwal : विदेश नजादैमा भोकै मर्ने होइनन, बरु थोरै जाउन,राम्रो काम दाम पाउन हेपियर बस्न नपरोस, म्यानपावर बन्द गरेर केहि फरक पर्दैन । Birendra Km #facebook मनपरि पैसा खान पाउनु पर्छ भन्दै मेनपावरहरुको आन्दोलन रे ! कस्तो अच्चमको देश लोकतान्त्रको नाममा जे पनि गर्न पाउने !! वैदेशिक रोजगार सम्बन्धित सबै जिम्मेवारी सरकार ले लिदा हुदैन र? यी लुटेरा हरु को भट्टी सधैको लागि बन्द गर

सरकार देशमा भयका सबै म्यानपाओर कंपनी बन्द गर। मेनपाओरको नाममा युवा युबती बेच बीखन बन्दगर मान्छे बेच्न पाइदैन। दलाल मेनपाओर चाहीदैन
Hirosingh Ujad #facebook म्यानपावर ब्यावसायीले खुब हँसाए । उनीहरुले फ्रि भिसा र फ्रि टिकटको बिरोध गरेका हैनन् रे । विदेशमा भएका नेपालीलाई त्यो देशले फर्काइदिने चिन्ता लागेको रे । सिधै मोटो रकम खान नपाइने भइयो भनेर रोइकराइ गर्नु परेको भने भैगो नि !
 देशले युवा जनसक्ति बेचेर कचौरोमा रेमिट्यान्स थापेसम्म देश विकाश हुन सक्दैन । महिला तस्करि रोकिदैन @PandeySarams
लुट्न नपाएसी अान्दोलन हुन्छ हाम्रो नेपालमा । :वैदेशिक रोजगार व्यवसायी ।
Krishna Udashi #Facebookम्यान पावरहरूको आन्दोलान सारै लज्जास्पद हो । वौद्धिकताको कुन तहबाट सोच्दै होलान यतिबेला । ……… गर्नेलाई भन्दा देख्नेलाई लाज । देशमा भूकम्पले महाविपद नित्याएको बेला समेत रेडियोमा विज्ञापन घन्काको घन्काकै गर्थे बरु मान्छे बेच्ने ब्यवसाय परिवर्तन गर्नु नि । हुँदाहुँदा हिजो आज त घरघरमै मेनपावर । यो बेला सरकारले कुन स्टेण्ड लिन्छ हेर्न बाँकी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय