गोमाले ल्याइन् बैदेशिक रोजगारी सम्वन्धि गीत(भिडियो सहित)

काठमाडौं, असार २३-  कुवेत स्थित नेपाली दुतावासमा महिला श्रम सहचारीको रुपमा कार्यरत गोमा ढकालले आफ्नो पहिलो गीति एलबम बजारमा ल्याएकी छिन् । वैदेशिक रोजगार नामक एल्वममा दुईवटा लोकभाका छन । पहिलो गीत वैदेशिक रोजगार रहेको छ भने दोश्रो गीत फर्क अव भन्ने रहेको छ । ढकालको रचना रहेको सो गीतमा वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई खवरदारी गर्नका साथै विदेशमा भोग्नु पर्ने कथा व्यथाको वर्णन गरिएको छ । विशेषगरी गीतका शब्दहरुले गरिवी वेरोजगारका कारण मुग्लान पलायन हुन वाध्य भएका युवायुवती र उनीहरुका परिवारको मनै छुन्छ । गाउँ खाली हुने गरी विदेशिनुको पीडा गीत मार्फत गोमा ढकालले प्रस्तुत गर्न खोजेकी छिन् । स्याङ्जा जिल्लाको ठुलाडिही गाउँमा जन्मेकी ढकाल स्कूले जीवन देखिनै लोक संस्कृति तथा लेखनमा रुची राख्थिन् । श्रम तथा रोजगार मन्त्रालयमा जागिरे भए पश्चात वैदेशिक रोजगारीमा जाने युवाको पीडको कथा व्यथालाई प्रत्यक्ष अनुभव गरे पछि यसै विषयमा गीति एल्वम निकाल्ने जमर्को गरेको ढकाल बताउँछिन् । गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला https://www.youtube.com/watch?v=cOI7scaHP9A

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय