‘मृतक मेरो भाइ हो’

काठमाडौं असार २२ – मलेसियामा झण्डै ६ महिनादेखि अलपत्र अवस्थामा रहेको शव आफ्ना भाइको भएको जाजरकोटका एक व्यक्तिले बताएका छन् । मलेसियामा कार्यरत भक्तबहादुर नेपाली आफ्नो भाइ भएको जाजरकोटको टाले गाउँ गाविस २ कारिगाउँका सर्पे कामीले बताएका हुन् । यसअघि मृतकको नेपालको ठेगाना नखुल्दा शव नेपाल पठाउन समस्या भएको मलेसिया स्थीत नेपाली दुतावासले बताएको थियो । सो समाचार देशपरदेशमा प्रकाशित भएपछि जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको पहलमा उनका परिवारका सदस्य टेलिफोन मार्फत सम्पर्कमा आएका हुन् । भाई अकस्मात टेलिफोन सम्पर्कमा समेत नभएको र आफूहरुले उसको खोजखवर गर्न नसकेको उनले बताए । उनले शव नेपाल झिकाउने प्रकृयाका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको भन्दै त्यसको व्यवस्था गरिदिन सरकारी र गैरसरकारी निकायसँग अनुरोध गरेका छन् । भक्तबहादुर नेपालीकी भाउजु हवाले गत माघ ५ गते देवरसँग अन्तिमपटक कुराकानी भएको र त्यसपछि कुराकानी हुन नसकेको बताइन् । भक्त बहादुर नेपालीको शव हाल यूनिभर्सिटी मलायामा गत जनवरी २४ देखि रहेको मलेसिया स्थीत नेपाली दुतावासले जनाएको छ । उनी अवैध रुपमा मलेसियामा बसेर सुरक्षागार्डकोे रुपमा काम गर्दै आएको जानकारी दुतावासले प्राप्त गरेको जनाएको छ । यसअघि प्रकाशित सो समाचार हेर्नुहोस् शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय