मोटरसाईकल दुर्घटनामा परेर दुर्ई नेपालीको मृत्यु

सोल, असार २१- दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारको ज्यान गएको छ । आइतबार बेलुकी ६ः१० बजेतिर ग्यङसाङ प्रदेशको होवाङसान भन्ने ठाउँममा भएको मोटरसाइकल दुर्घटनामा परेर स्याङ्जा बिरुवा अर्चले वार्ड नम्बर ६ का भीमसेन केसी र नवलपरासी जिल्लाका सुनवल हर्दियाका रामबहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको हो । दुई दिनपछि नेपाल फर्किन लागेका साथीहरुलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका उनीहरु चढेको मोटरसाइकल अनियन्त्रित भएर पार्क नजिकै दुर्घटनाग्रस्त भएको त्यहाँ रहेका एक नेपालीले बताए । मृतकको घरपरिवारलाई खबर दिएको पनि ती नेपालीले जानकारी दिए । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट आएर एक कार्यकाल पूरा गरेका केसी र सिंजाली एकै कम्पनीमा कार्यरत थिए । भिसा अवधी सकिएपछि केसीले शरणार्थी भिसा बनाएका थिए भने सिंजाली अबैधानिक हुन् । केसीको शव सामसुङ अस्पतालमा र सिंजालीको शव छाम्यङ अस्पतालमा राखिएको छ । स्थानीय प्रहरीले घटनाको प्रारम्भिक प्रतिवेदन सोलस्थित नेपाली दूताबासलाई पठाइसकेको छ । घटनाको विस्तृत विवरण आएपछि मात्र दुर्घटनाको कारण थाहा हुने उपनियोग प्रमुख राजाराम बर्तौलाले जनाए । कान्तिपुरबाट यो पनि पढ्होस् युएईको नेपाली समाजको कुन नेतृत्व आधिकारिक ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय