निःशुल्क भिषा र निःशुल्क टिकट लागु गर्न दवाव

काठमाडौं, असार २०- सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले गर्ने भनिएको निःशुल्क भिषा र निःशुल्क टिकटको व्यवस्था कार्यान्वयनका लागि दवाव दिन काठमाडौंमा प्रदर्शन गरेको छ । ताहचल स्थीत बैदेशिक रोजगार विभागको कार्यालय अघिल्तिर सञ्जालले प्लेकार्ड सहित मौन प्रदर्शन गर्यो । सो प्रदर्शनमा सहभागि सुरक्षित बैदेशिक रोजगारीका लागि कृयाशिल व्यक्तिहरुले बोकेको प्लेकार्डमा निःशुल्क भिषा र टिकटको व्यवस्था कार्यान्वयन गर, ढाका सिद्धान्तको बुँदा नम्वर १ अनुसार कुनै पनि कामदारसँग शुल्क लिन पाईदैन भन्ने व्यवस्था लागु गर, युएन १९९० को महासन्धि अनुमोदन गर, बैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थीत र मर्यादित गर लगायत लेखिएको थियो । प्रदर्शन सुरु हुनुअघि सञ्जालका तर्फबाट अध्यक्ष मञ्जु गुरुङले बैदेशिक रोजगार विभागका काठमाडौं शाखा प्रमुख विश्वप्रका सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै यसअघि श्रम तथा रोजगार मन्त्रालयले गरेको निःशुल्क भिषा र टिकटकोे व्यवस्थामा मात्र बैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने भनी गरेको निर्णयमा कायम रहन आग्रह गरिन् । उनले सरकारको सो निर्णय स्वागतयोग्य भए पनि यसको विरुद्धमा कतिपय आवाज सुनिइरहेकाले निर्णयबाट पछि नहट्न दवावका लागि ध्यानाकर्षण गराइएको बताइन् । ज्ञापनपत्र बुझ्दै काठमाडौं शाखा प्रमुख सुवेदीले मन्त्रालय निःशुल्क भिषा र टिकटको पूर्वनिर्णयबाट पछि नहटेको भन्दै नागरिक समाजका तर्फबाट हुने यस्ता कार्यक्रमले आफूहरुलाई थप झक्झक्क्याउने बताए । विभाग अगाडी प्रदर्शन पश्चात चक्रपथमा निःशुल्क भिषा र निःशुल्क टिकटका लागि दवावका लागि जानकारीमूलक पर्चा छरिएको थियो । सञ्जालमा नेपालका सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा कृयाशिल गैरसरकारी संस्थाहरु सदस्य छन् । तस्वीरहरु हेर्नुहोस्   Migrants cenetr 4 Migrents center Migrants cenetr 2 Migrants cenetr 3  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय