क्यानडाबाट सहयोग

मन्ट्रेअ(क्यानाड)– मन्ट्रेअलस्थित नेपाली संगठन क्यू (एएनक्यु)ले नेपालका भूकम्प पीडितका सहयोगका लागि खोलेको राहत कोषमा २५ हजार क्यानेडियन डलर सकंलन गरेको छ। उक्त संकलित रकममध्ये १५ हजार डलर एनआरएन राहत कोषमा र १० हजार डलर क्यानाडास्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गराएको एएनक्युका अध्यक्ष मुगा राजभण्डारीले जानकारी दिए। राहत संकलनको क्रममा थोेरै संख्यामा रहेका मन्ट्रेअलवासी नेपालीहरुले व्यक्तिगत तर्फबाट योगदान गर्नुका साथै सहयोग जुटाउन पनि लागि परेका थिए। राहत संकलनका लागि गैरआवासीय नेपालीहरुले गैर नेपाली संस्थाहरु लेजा वान्तुर वोयाजर, ट्राभल एजेन्सी ला रुट द स्वा नामक फ्रेन्च फर्मले च्यारिटी शो समेत गरेको थियो। आर्ट अफ लिभिङ समूहले योग शिविर सञ्चालन गरेको थियो। यसैबीच एएनक्यूले भूकम्पबाट दिवंगत भएका आत्माहरुको चीर शान्तिका लागि मैन बत्ती प्रज्वलन गरी मौनधारणसमेत गरेको छ। सो अवसरमा क्यानाडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल र क्यानाडाका लागि मानार्थ नेपाली काउन्सुलर नाडफ वोयरको उपस्थिति थियो। नागरिकबाट यो पनि पढ्नुहोस् कतारमा नेपाली ठग्नेलाई नेपाल फिर्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय