दुवईबाट नेपालमा ५ सय घर बनाउन सहयोग

दुवई, असार १८ -दुवई स्थीत अस्तर डिएम फाउण्डेसनले नेपालमा घर निर्माणका लागि झण्डै चार करोड(१४ लाख ४० हजार दिरहम) सहयोग उपलव्ध गराएको छ । फाउण्डेसनका अध्यक्ष डा. अजाद मोपिनले सहयोग रकमको चेक गत विहिवार युएईका लागि नेपाली राजदुत धनञ्जय झालाई हस्तान्तरण गरे । सो रकमले नेपालमा ५ सयवटा घर निर्माण गर्न सक्ने अपेक्षा फाउण्डेसनले गरेको छ । गल्फ न्यूजका अनुसार चेक हस्तान्तरण समारोहमा फाउण्डेसनका अध्यक्ष मुपिनले यो समय नेपालीप्रति सहानुभूति मात्र नदर्शाइ सहयोगको हात अघि बढाउनु पर्ने उपयुक्त समय भएको बताए । उनले विश्वमा जहाँसुकै पनि यस्ता मानविय विपत आइपर्न सक्ने भन्दै त्यस्तो समयमा एकअर्कालाई सहयोग गर्नुपर्ने धारणा राखे । कम्तिमा एकसय नेपाली आफ्नो समुहमा काम गरिरहेको भन्दै उनले केवल आफ्ना कर्मचारीहरुको परिवारलाई मात्र नभई अन्य नेपालीलाई पनि सहयोग गर्ने उद्धेश्यले सो रकम नेपाल सरकारलाई उपलव्ध गराएको बताए । हामीले कम्पनीमा कार्यरत कर्मचारीबीचमा सहयोगको आव्हान गरेपछि उनीहरुले एकदिनको तलव दिए र त्यसमा कम्पनीले थप्यो मुपिनले भने । उनले भविष्यमा थप आम्दानीको बाटो खोज्दै आउने नेपाली कामदारलाई रोजगारीमा प्राथमिकता दिने समेत बताए । अस्तर डिएम हेल्थ केयर ग्रुपका निर्देशक अलिशा मुपिनले भूकम्पमा परी परिवारमा भौतिक तथा मानविय क्षति भएका आफ्नो कम्पनीमा कार्यरत २३ जना नेपालीलाई कम्पनीले आर्थिक सहयोग गरेको बताइन । हामीले हरेक किस्तामा १ लाखका दरले प्रति व्यक्ति चारलाख सहयोग दिएका छौं उनले भनिन् । सो अवशरमा नेपाली राजदुत धनञ्जय झाले सहयोगका लागि आभार प्रकट गरे । उनले नेपालको पुनर्निर्माणका लागि खरवौं रकमको आवश्यकता भएको समेत बताए । हामी हाम्रो भौगोलिक अवस्था फेर्न त सक्दैनौं, तर हामी भूकम्पपीडितलाई सुरक्षित ठाउँमा सार्ने र भूकम्प प्रतिरोधी घरमा बस्ने अवस्था निर्माण गर्न प्रयत्नशिल छौं नेपाली राजदुत झाको भनाई उध्रित गर्दै गल्फ न्यूजले समाचार लेखेको छ । यो पनि पढ्नुहोस् नत्र म साउदीबाट कहिल्यै फर्किन पाउने छैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय